वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण

No description available.
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । गाउँपालिकाको वडा नं ३ मा रहेको फुलवारी खाली सामुदायिक वनमा पोखरी निर्माण गरिएको हो ।

रेडपाण्डा नेटवर्क, डाँफे यूवा क्लव र बारेकोट गाउँपालिकाको साझेदारीमा वन्यजन्तुका लागि पानी अभाव नहोस् भनी पोखरी निर्माण गरिएको रेडपाण्डा संरक्षण कार्यक्रमका कार्यक्रम अधिकृत भुपलाल केसीले जानकारी दिए ।

‘चालु आर्थिक बर्षको आर्थिक बाट २ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ’ उनले भने, ‘गत आर्थिक बर्षमा दुई वटा निर्माण गरिएको छ ।’ यसभन्दा अगाडि नमुनाका लागि चार वटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । सामुदायिक वनमा करिव ८ मिटर लम्बाई, चार मिटर चौडाई, र एक फिट गहिरो पोखरी निर्माण गरिएको छ ।

तपाईको प्रतिक्रिया