गाउँपालिका अध्यक्षको जन्मदिनमा वृद्धाश्रममा सहयोग

May be an image of 2 people
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकाका अध्यक्ष हरीचन्द बस्नेतले आफ्नो जन्मदिनको अवसर पारी वृद्धाआश्रमलाई आर्थिक सहयोग गरेका छन् । आईतबार सदरमुकाम खलंगामा रहेको वृद्धाश्रममा पुगी अध्यक्ष बस्नेतले सात हजार आर्थिक सहयोग गरेका हुन् ।

जेष्ठ नागरिकहरुको सेवा र हितका लागि जेष्ठ नागरिक संघ जाजरकोटका कोषाध्यक्ष नन्दलाल ज्योतीलाई भेटि अध्यक्ष बस्नेतले सात हजार हस्तान्तरण गरेको जेष्ठ नागरिक संघले जनाएको छ ।

जन्मदिनमा फजुल खर्च गरेर विताउनुभन्दा जेष्ठ नागरिकको संरक्षणमा टेवा पुगोस भनी सहयोग गरेको अध्यक्ष बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया