कविता : हामी आतंककारी भयौं !

म आतंककारी हुँ !
हामी आतंककारी भयौं !

त्यतिवेला–२
सुराकी वनी घुम्ने खुट्टा भाँचिएकै हो
उ त्यो माओवादी गाउँ भन्ने हात काटिएकै हो
सुराकीलाई पुजा गरिएन गोली दाबिएकै हो
आइलाग्दा जाइलागि खुकुरी छप्काएकै हो
जनतामारा सोच्ने खोपडी धप्काएकै हो ।
हो–२
उनीहरुलाई कार्बाही गर्नु थियो
भेटेसम्म सफायमा पार्नु थियो
शान्त, सुन्दर नेपाल र नेपालीका लागि
वचाउनु भन्दा वेश मार्नु थियो ।

त्यसैले त –२
आज पनि आतंककारी देख्छन्
जो हिजो आतंकित थिए
आज पनि हामीसंग आतंकित छन्
समाजमा नसुध्रेका र केही टोलेहरु
भोलिपनि आतंकित भैरहनेछन्
भ्रष्टाचारी झोलेहरु
किनकी
म आतंककारी भइरहने छु !
हामी आतंककारी भइरहने छौं !

हो–२
आज पनि आतंकित हुनेहरु
उतिवेला कै कुतत्व शेषहरु हुन्
वर्दी नलाएका शाही सैनिकका भेषहरु हन्
हत्या गर्न लाउने सुराकी फेसहरु हुन्
बाचुन्जेल आतंकित भैरहने जनयुद्धका केसहरु हुन् ।

त्यतिवेला–२
हाम्रो नजर पन्जाबाट छुटेकाहरु
तारबार भित्र वसेर लुटेकाहरु
तारबार तोड्दा नभेटिएर बाँचेकाहरु
जनतालाई गोलीले भुटेकाहरु
तिनैहुन् हामीसंग आज पनि आतंकित हुनेहरु ।

फेरी पनि –२
हामीलाई आतंककारी करार गर्दै
मिडिया र सामाजिक संजालमा रुनेहरु ।
सामुहिक हत्याका सुराकी र खुनीहरु ।
चेलवेटीको अस्तित्व लिन जवरजस्ती छुनेहरु
यिनै हुन् आज पनि आतंकित हुनेहरु

अझै–२
आज पनि आतंकित छन्
हो हामी आतंककारी नै हौं ।
किनकी उनीहरु आतंकित अझै छन्
हामी जंगली नै हौं ।
अत्याचारी र भ्रष्टाचारीहरुका लागि
देशका तस्कर घुसखोरका लागि
जाली – जेली – झेली देश खोक्रो पारी
घोक्रो फुलाई भ्रम छर्नेहरुका लागि ।
हो हामी आतंककारी हौं

हो म आतंककारी भइरहने छु !
हामी आतंककारी भइरहने छौं !

उनीहरु हामी संग आतंकित हुन्थे
आतंकित हुनेहरु हामीलाई आतंककारी भन्थे
हामी आतंककारी भयौं ।

आज , भोली र पर्सी पनि ! –२
उनीहरु आतंकित भैरहनु ठिकै हो
किनकी–२
यो गणतन्त्र हाम्रै कारणले आयो
देशले संघीयता हामीले भनेरै पायो
हाम्रो गणतन्त्रमा तिमी आतंकित नहुनु कसरी
रोऊ, कराऊ, चिच्च्याऊ बेस्सरी ! बेस्सरी !! बेस्सरी !!!

हो म आतंककारी भइरहने छु !
हामी आतंककारी भइरहने छौं !

लेखक रावल अनेरास्ववियु क्रन्तिकारी पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया