राकस निजामती सुर्खेतको अध्यक्षमा रामभक्त अधिकारी निर्वाचित

 

No description available.
सुर्खेत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेतको जिल्ला अध्यक्षमा रामभक्त अधिकारी निर्वाचित भएका छन् । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा शुक्रवार सम्पन्न भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, सुर्खेत जिल्लाको पाँचौं जिल्ला अधिवेशनबाट अधिकारीको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित भएको हो ।

नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद पाण्डे, दिनेश सापकोटा, सचिवमा तिलक चालिसे ,कोषाध्क्षमा बिष्णु शर्मा र सहसचिवमा मनुरुप नेपाली निर्वाचित भएको निर्वाचन समितिका संयोजक शरन वहादुर वडुवालले जानकारी दिए ।
निर्वाचन समितिका संयोजक वडुवालका अनुसार कार्य समितिको सदस्यहरुमा विष्णु विसी, हरिभक्त विश्वकर्मा, देव बहादुर गुरुङ्ग, इन्द्रप्रसाद पाण्डे, मनिषा विक, झरना थापा, खिमा खत्री पाण्डे निर्वाचित भएका छन् ।

No description available.

अधिवेशनवाट केन्द्रिय तथा प्रदेश महाधिवेशनका लागि प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ । सुर्खेत जिल्लावाट केन्द्रिय प्रतिनिधिमा मुकुन्दनाथ योगी, चन्द्रा तिवारी र किशोर शर्मा निर्वाचित भएका छन् । त्यस्तै प्रदेश प्रतिनिधिहरुमा लोकसिंह भण्डारी, हरिशर्मा धिताल, उमेशजंग वुढा, प्रयोग वहादुर शाही र रमेश खड्का निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कर्णाली प्रदेशको प्रदेश अधिवेशन आगामी चैत्र ११ गते सुर्खेतको वीरेन्द्रनगरमा र केन्द्रीय महाधिवेशन आगामी चैत्र १७ र १८ काडमाण्डौ हुनेछ ।

तपाईको प्रतिक्रिया