
जाजरकोट । ज्योती विकास बैंक लिमिटेड जाजरकोट शाखाले मध्यपश्चिम विश्वविद्यालय अन्गर्तको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पुस्तक हस्तान्तरण गरिएको शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले जानकारी दिए ।
१ लाख ५० हजार बराबरको पुस्तक खरिद गरी हस्तान्तरण गरिएको छ । विभिन्न संकायका पुस्तकहरु क्याम्पसलाई दिएको प्रबन्धक ऐडीले बताए । बैंकले पुस्तक हस्तान्तरण गरेपछि विद्यार्थीहरु निकै खुशी भएका छन् । क्याम्पस प्रमुख बलराम भण्डारीले बैंकलाई धन्यवाद व्यक्त गरे ।

















































हाम्रो पहुँच संवाददाता । १६ फाल्गुन २०७९, मंगलवार