स्वास्थ्य संस्थाको अर्धबार्षिक समीक्षा

No description available.
जाजरकोट । जिल्ला स्थित स्वास्थ्य संस्थाहरुको अर्धबार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा दुई दिने अर्धबार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

यहाँका सात वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, तथ्यांक सम्पर्क व्यक्ति तथा सामाजिक समितिका संयोजकहरुको उपस्थिति रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त व्यवस्थापक नवराज कडेलले जानकारी दिए । जाजरकोट जिल्ला अस्पताल, प्राथमिक अस्पताल दल्ली, आधारभूत अस्पताल लिम्सा र छेडागाड नगर अस्पतालबाट समेत सहभागिता थियो ।

No description available.

स्वास्थ्य सेवा कार्यालय तथा सबै पालिका र अस्पतालहरुबाट तथ्यांक प्रस्तुतीकरण तथा कार्ययोजना निर्माण गरिएको छ ।
विगत लामो समयदेखि स्वास्थ्य सेवा कार्यालयलाई कोटाहरु उपलब्ध गराई उपकरण तथा औषधीजन्य सामग्रीको भण्डारणमा सहयोग पु¥याउने त्रिभुवन माद्यामिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ल, स्वास्थ्य सेवा कार्यालयमा सुर्खेत तथा नेपालगन्जबाट आपूर्ति हुने औषधी तथा अन्य सामग्रीहरु प्राप्त गर्नमा सहयोग पु¥याउने न्यु दंगाली होटेल, भेरी–४, जाजरकोटका संचालक बल्मु चौधरीलाई प्रशंसापत्र सहित सम्मान गरिएको छ ।

आउँदो फागुन १४, १५ र १६ गते स्वास्थ्य सेवा निर्देशनालयको आयोजनामा सुर्खेतमा स्वास्थ्य कार्यक्रमहरुको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी संचालन हुँदैछ ।

तपाईको प्रतिक्रिया