शैक्षिक वहस : सरकारको प्राथमिकतामा शिक्षा किन पढ्दैन् ?

जाजरकोट । विहीबार नलगाड नगरपालिकाको आयोजनामा शैक्षिक वहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
जाजरकोट निर्वाचन क्षेत्र नं (क) का भेरी, नलगाड नगरपालिका, कुशे र बारेकोट गाउँपालिका भित्रका विद्यालयका प्र.अ.,शिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता थियो ।

संघीय सांसद मैना कार्की रावल, प्रदेश सभा सदस्य वेदराज सिंह, शन्तोषी शाही, पुर्व सांसद गणेशप्रसाद सिंह, स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति समेत रहेको थियो । जाजरकोटको वर्तमान शैक्षिक अवस्था, चुनौती र सुधार गर्नुपर्ने पक्षहरुका वीचमा छलफल भयो ।

संघीयतापछि जाजरकोटमा यस्ता शैक्षिक वहस तथा अन्र्तक्रिया, छलफल, गोष्ठी भएका छैनन् । शैक्षिक सुधारका लागि नलगाडले गरेको विल्कुलै नयाँ अभ्यास हो । अन्य पालिकाहरुलाई चुनौती समेत दिएको छ । दल्लीमा चार वटा स्थानीय तहरुलाई बोलाएर शैक्षिक सुधारका लागि बहस गर्नु निकै सराहनीय कार्य हो । पालिका भित्रका विद्यालयहरुले गरेका उदाहरणीय कार्य एक आपसमा आदानप्रदान भए ।

शैक्षिक वहसमा सहभागी शिक्षकहरुले स्थानीय, प्रदेश र संघीय सरकारले शिक्षालाई प्राथमिकतामा नदिएको बताए । स्थानीय सरकारले शिक्षा लक्षित बजेट नल्याएको, शिक्षा ऐन हाल सम्म पुरानै पञ्चायित कालिन भएको सरकारको प्राथमिकतामा शिक्षा किन पढ्दैन भन्दै प्रश्न गरे ।

सरकारहरुले शिक्षालाई प्राथमिकतामा राखे मात्रै शैक्षिक सुधार हुने दावी गरे । वर्तमान अवस्थामा शैक्षिक अवस्था निकै नाजुक भएकोले सुधार गर्न जरुरी भएको उनीहरुले बताए । बहसमा शैक्षिक अवस्था सुधारका लागि सबै सरोकारवालाहरुले जोड दिनुपर्नेमा जोड छ ।

तपाईको प्रतिक्रिया