‘जनताको ऋण मिनाह भएन भने हामी आफैं लघुवित्त घेर्छाैं’


जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा जाजरकोटले जनताको ऋण मिनाह नभए तत्काल बैंक तथा लघुवित्त संस्था घेर्ने चेतावनी दिएको छ ।

शुक्रबार सदरमुकाम खलंगामा गरिएको विरोध प्रर्दशन कार्यक्रममा बैंक तथा लघुवित्त संस्थाहरुले नागरिक माथि चर्काे ब्याजदर थुपारेर उठिबास समेत लगाएको हुदाँ तत्काल ऋण मिनाह नभए बैंक तथा वित्तीय संस्थाहरु घेर्ने चेतावनी दिएको हो ।

लघुवित्तहरुले चर्काे ब्याजदरमा नागरिकलाई ऋण दिएको, ऋण नबुझाउँदो जग्गा जमिन, चलअचल सम्पतीहरु हड्प्न थालेको नागरिकको गुनासो आएपछि नेकपाले विरोध प्रर्दशनको कार्यक्रम गरेको नेकपा जाजरकोटका सेक्रेटरी विराजन सीले जानकारी दिए ।

उनले भने, ‘यदि राज्यले यो पनि सुनेन भने हामी आफैं बैंक तथा वित्तिय संस्थाहरु घर्नेछौं, आम जनतालाई ऋणमा डुबाएर केही सामन्तहरु फस्टाउने काम भएकोले लघुवित्त बन्द गर्नुका साथै सबैको ऋण मिनाह हुनुपर्दछ ।’

राज्यले हाम्रो आवाज र आम जनताको समस्यालाई बुझेन भनी यस बाट हुने सम्पूर्ण क्षतिपुर्ती राज्यले नै बेर्हाेनुपर्ने चेतावनी दिए । यस्तै, नेकपा जाजरकोेटका प्रकाशन विभाग प्रमुख दीपेन्द्र सीले बैंक तथा लघुवित्तको लुटतन्त्रलाई राज्यले सुनेन भनी हामी गोली खान तयार रहेको बताए ।

‘बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा हामी गोली खान तयार छौं’, उनले भने, ‘यस्ता लुटतन्त्र मच्चाउने संस्थाहरुलाई छोड्दैनौं ।’ पछिल्लो समय जाजरकोटमा बैंक वित्तिय संस्थाहरुले आम नागरिकको उठिबास लगाएको गुनासो बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया