जाजरकोट । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जुनीचाँदे गाउँ कमिटी गठन गरेको छ । जुनीचाँदे भित्रका शैक्षिक गतिविधी र विद्यार्थीका समस्या समाधानका लागि कमिटी गठन गरिएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक धुर्वप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार जुनीचाँदे गाउँपालिकामा ३५ सदस्सीय गाउँ कमिटी बनेको छ ।
जसअनुसार अध्यक्षमा दिनेश बस्नेत, उपाध्यक्षमा कविता शाही, सचिवमा भबिन्द्र शाही, स—सचिवमा कौशीबहादुर खड्का, कोषाध्यक्षमा रमेशबहादुर रावतलाई चयन गरिएको शर्माले बताए । कार्यक्रममा अखिल क्रान्तिकारी जाजरकोटका इन्चार्ज महेश अधिकारी, नेकपा माओवादी केन्द्रका नेता जयबहादुर घर्तीको उपस्थिति रहेको थियो ।
हाम्रो पहुँच संवाददाता । ५ फाल्गुन २०७९, शुक्रबार