जाजरकोट । बैंक र लघुवित्त संस्थाको चर्को व्याजदरको विरुद्धमा खलंगामा विरोध प्रदर्शन गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले चर्को ब्याजदरविरुद्ध विरोध प्रदर्शन गरेका हो । थाप्लेदेखि सुरु भएको विरोध ¥याली ठाँटी बजारमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपाका जाजरकोटका सेक्रेटरी विराजन सीले बैंक तथा लघुवित्त संस्थाहरुको ऋणले नागरिकहरुको उठिवास भएको बताए ।
नागरिकहरुले आत्महत्या गर्नुपर्ने परिस्थिति सृजना भएको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । बैंक र लघुवित्तहरुले गरेको ज्यादतिका विषयका पार्टीले अभियान नै संचालन गरेको र यसलाई सामान्य रुपमा नलिन उनले चेतावनी समेत दिए ।
यस्तै नेकपाका जाजरकोटका प्रकाशन विभाग प्रमुख दीपेन्द्र सीले बैंक तथा लघुवित्तले जनतालाई ऋणको कारण परेको समस्यालाई तत्काल समाधान गर्न सुझाव दिए । उनीहरुका समस्याहरु समाधान नभए नेकपाले फरक अभियान चलाउने बताए । यस्तै, उनले राज्यले व्यवसायीहरुलाई समेत स्वतन्त्र रुपमा व्यवसाय गर्न अवरोध सृजना गरेको टिप्पणी समेत गरे । नागरिकका समस्याहरुलाई सरकारले ध्यान नदिए कडा कदम चाल्ने बताए ।
हाम्रो पहुँच संवाददाता । ५ फाल्गुन २०७९, शुक्रबार