खलंगा । जाजरकोटका तीन पालिकाले जग्गा वर्गीकरणमा ढिलाई गर्दा मालपोत कार्यालय बाट लिने सेवा ठप्प भएको छ । बारेकोट, कुशे र जनीचाँदे गाउँपालिकाले वर्गीकरणमा ढिलाई गर्दा सेवा ठप्प भएको हो ।
दैनिक जग्गा पास लिने र दिनका लागि सर्वसाधारण मालपोत कार्यालयमा आएपनि पालिकाले वर्गीकरणको विवरण नपठाउँदा सेवाग्राही समस्यामा परेका छन् । एक हप्ता दिन भित्र जग्गा वर्गीकरण गरेर पठाउने जानकारी आएको मालपोत कार्यालय जाजरकोटका प्रमुख डिल्ली केसीले जानकारी दिए ।
जुनीचाँदे गाउँपालिकामा भने कुनै पनि जानकारी आएको छैन् । यस्तै नलगाड नगरपालिकाको तीन वटा वडामा मात्र वर्गीकरणको काम बाँकी रहेको बताए । वर्गीकरणको ढिलाईले गर्दा जग्गा लिने र दिने समस्या हुने गरेको छ । जग्गा वर्गीकरण गर्दा सडक, खानेपानी, विद्युत तथा स्वास्थ्य सेवा लगायतका विषयको आधारमा मुल्यांकन हुने गर्दछ । सोही आधारमा मात्र कारोबार गर्दा कर लगाउने गरिन्छ ।
हाम्रो पहुँच संवाददाता । ५ फाल्गुन २०७९, शुक्रबार