स्थानीय पाठ्यक्रम निर्माणमा जुट्यो शिवालय

शिवालय गाउँपालिकामा आधारभूत तहको स्थानीय पाठ्यक्रम मस्यौदा लेखन कार्यशाला
शिवालय । शिवालय गाउँपालिकाले स्थानीय विषयबस्तु, पहिचान, भुगोल र अवस्था सुवाउदो आधारभुत तहको पाठ्यक्रमको मस्यौदा लेखन कार्य सुरु गरेको छ । प्रत्येक विद्यालयहरुबाट प्रधानाध्यापक सहित एक जना थप शिक्षक सहित २ जना शिक्षकहरुको प्रतिनिधित्व रहेको सो कार्यशालामा शिक्षक संघ तथा संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।

पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम अधिकृत युवराज अधिकारी प्रशिक्षकको रुपमा रहनु भएको छ । दुई दिने कार्यशालामा करिव ९४ जना शिक्षकहरुको सहभागिता रहेको शिवालय गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर जानकारी दिए ।

शिवालय गाउँपालिका अन्तर्गतका करिव ५४ वटा शिक्षण संस्थाका शिक्षकहरुलाई विद्यालय तह कक्षा वालविकास शिक्षा देखि कक्षा १२ सम्मको नयाँ पाठ्यक्रमको लागु भएसंगै विद्यालयहरुमा मुल्याङ्कन प्रणालीमा देखिएको केही प्राविधिक समस्याहरु रहेकोले सो सम्बन्धि दुविधा समेत नहोस भन्ने हेतुले पाठ्यक्रम विकास केन्द्रबाट नै विज्ञ प्रशिक्षकलाई प्राविधिक सहयोगका लागि माग गर्नु परेको शाखा प्रमुख बस्नेतले बताए ।

शिवालय गाउँपालिकाले कक्षा १ देखि कक्षा १२ सम्मको पाठ्यक्रमको प्रवोधिकरण तथा स्थानीय पाठ्यक्रमको मस्यौदा लेखनको कार्य संगसंगै भैरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया