जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्यूरोको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपाको हालै सम्पन्न नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकले लिएका राजनीतिक, संगठन , संघर्ष र आर्थिक योजनाको मर्म र जिम्मेवारीबारे सम्प्रेषण गर्ने उदेश्यले प्रशिक्षण आयोजना गरिएको हो । प्रशिक्षणका क्रममा नेकपा का स्थायी समिति सदस्य भरत सीले दलाल संसदीय पुँजीवादी व्यवस्थामा संकट आइसकेको र यसको एकमात्र विकल्प बैज्ञानिक समाजवाद रहेको बताए ।
जाजरकोटको रिम्ना स्थित शहीद स्मृति भवनको सभाहलमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमलाई नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सी ले ६ महिने योजनाको उचाई र पार्टी कार्यभारबारे प्रशिक्षण दिएका थिए ।
जाजरकोट जिल्ला इन्चार्ज पौरख सी को अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली ब्युरो इन्चार्ज सङ्गम सी र योद्दा सी लगायत डोल्पा र जाजरकोटका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
सुर्यकिरण सी ले सञ्चालन गरेको कार्यक्रममा नेकपा जाजरकोट का सेक्रेटरी तथा दक्षिण कर्णाली ब्युरो सदस्य बिराजन सी ले मन्तव्यद्वारा स्वागत गरेका थिए । उक्त कार्यक्रममा २५ दिन गैरकानुनी हिरासत बाट छुटेका नेकपा जाजरकोटका सचिवालय सदस्य तथा जनपत्रकार सङठन नेपालका केन्द्रीय सदस्य निराजन सी लाई प्रमुख अथिती भरत सी द्धारा खादा र अबिर टिका लगाई सम्मान गरिएको थियो ।
हाम्रो पहुँच संवाददाता । २८ माघ २०७९, शनिबार