जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं डिएसपी सन्तोष रोकाले यहाँको शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् । शुक्रबार जिल्ला स्थित क्रियाशिल पत्रकारहरु सँगको अन्तरक्रिया कार्यक्रममा डिएसपी रोकाले आफु जाजरकोट रहन्जेल सम्म शान्ति, सुरक्षा अमन चयन कायम गर्न कुनै कसुर बाँकी नराख्ने बताएका हुन् ।
पत्रकारहरुले जिल्लाको वस्तु स्थिति, शान्ति, सुरक्षा, लागु औषध कारोबार,जातीय छुवाछुत, घरेलु मदिरा उत्पादन तथा विक्रि वितरण, सवारी दुर्घटना लगायतका विषयमा डिएसपी रोकालाई जानकारी गराएको नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताए ।
पत्रकारहरुले उठाएको विषयवस्तु माथि छलफल गर्दै डिएसपी रोकाले प्रहरीहरुलाई सफल बनाउने काम सञ्चारमाध्यमहरुको पनि भएकोले पत्रकारहरुको सहयोगको खाँचो रहेको बताए ।
। २७ माघ २०७९, शुक्रबार