कुशेमा प्रथम राष्ट्रपति रनिङ शिल्ड माघ २६ देखि हुने

रमेश कुमार वस्नेत


कुशे । जिल्लाको कुशे गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा दोश्रो अध्यक्ष कप प्रतियोगिता हुने भएको छ ।
दुर्गादेवि माद्यामिक बिद्यालय थर्पु भार्मामा हुने भएको हो । यहि माघ २६ देखि २८ गते सम्म संचालन हुने शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख जनक बहादुर शाहले जानकारी दिए ।

उक्त प्रतियोगितामा कुशे गाउँपालिका भित्रका माद्यामिक विद्यालयबाट १८ बर्ष सम्मका छात्र, छात्राहरूले भाग लिन पाउने बताईएको छ । कुशे गाउँपालिकाको आयोजनमा संचालन हुने प्रतियोगितामा ९ वटै वडाका वडा अध्यक्ष, पार्टी प्रतिनिधि, नागरिक समाज,सुरक्षा प्रमुख,महिला संजाल,संचारकर्मी लगायतलाई निमन्त्रणा गरिएको छ ।

यस बर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा दोश्रो अध्यक्ष कप प्रतियोगिताको पहिलो दिनको प्रत्यक्ष प्रसारण सामुदायिक रेडियो पृथ्वी एफएम १०२.२ मेगाहर्जबाट गरिने भएको छ । प्रतियोगितालाई स्वच्छ, निष्पक्ष र धाँदली रहित रूपमा सम्पन्न गरिने गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

 

No description available.

तपाईको प्रतिक्रिया