एकलौटी शिक्षक नियूक्त गरेको भन्दै विद्यालयमा ताला


जाजरकोट । जाजरकोटको एक विद्यालयमा तालाबन्दी गरिएको छ । शिवालय गाउँपालिका वडा नं. ५ सल्लेरीमा रहेको जनकल्याण आधारभुत विद्यालयमा कर्मचारी नियुक्तिको विषयमा विवाद हुँदा सोही विद्यालयकी शिक्षिका टीका विश्वकर्माले तालाबन्दी गरेकी हुन् ।

उनले विद्यालय व्यवस्थापन समितिले आफ्नो कुनै पनि सुनुवाई नगरी एक पक्षीय रुपमा शिक्षक नियुक्त गरिएको भन्दै तालाबन्दी गरेकी हुन् । विद्यालय व्यवस्थापन समितिले एकलौटी रुपमा शिक्षक नियुक्त गरेको आरोप लगाएकी छिन् ।

यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसीले विकको मागलाई कुनै पनि सुनुवाई नगरी एक पक्षीय निर्णय गरेको स्वीकार गरे । यसै विषयमा शिक्षा तथा खेलकुद शाखा प्रमुख मान बहादुर बस्नेतले गाउँपालिकाको निर्णय अनुसार अमृता रेग्मी (जैसी) लाई नियुक्त गरेको बताए । गाउँपालिकाको निर्णय सँगै विद्यालय व्यवस्थाप समितिको निर्णयअनुसार शिक्षक नियुक्त गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया