मुक्तक : अभाव सुरु भयो

May be an image of 1 person and sky
मुक्तक
कता—कता जिन्दगीमा अभाव सुरु भयो
जब एक्ला—एक्लै जिउने दबाव सुरु भयो
चुपचाप छु,म केही बोल्दिन,कोही कसैसंग,
जब जिन्दगीमा मौनताको लगाव सुरु भयो

मुक्तक
टाढा भयौ खुसी हुनु दुःख देख्न नपरोस्
फेरी साहारा भनी लठ्ठी झैं टेक्न नपरोस
सहर बसी पसिना पोखी पहिचान बनाउ
कतै दुनिँयाले थुक्क भनी लेख्न नपरोस्

मुक्तक
नदेखाउ तस्वीर झैं मुहार हेर्नु छैन् अब
परिकल्पनाले अंगालोमा वेर्नु छैन अब
मत्लबी यो दुनिँयामा एक्लै जिउनु छ
भावीको यो लेखालाई केर्नु छैन् अब ।

भुपेन्द्र नेपाली
बारेकोट गाउँपालिका,जाजरकोट

तपाईको प्रतिक्रिया