बारेकोट । जाजरकोट बारेकोटका पशुपंक्षी संरक्षणकर्मी गोबिन्द बहादुर सिंहलाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवमा संरक्षणकर्मी सिंहलाई पुरस्कार प्रदान गर्न लागिएको हो । हुचिल उत्सव यही माघ २० र २१ गते कैलालीमा हुँदैछ ।
उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गर्न लागिएको हो । संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५,०००÷– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ ।
संरक्षणकर्मी सिंह सहित यसवर्ष पुरस्कृत हुनेहरुमा काठमाडौँ, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल, चितवनका कान्तिपुर दैनिक सँग आवद्ध पत्रकार रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे रहेका छन् । जाजरकोटको बारेकोटका संरक्षणकर्मी सिंह लामो समयदेखि दुर्लभ पशुपंक्षीको संरक्षणमा जुटिरहेका छन् ।
। १४ माघ २०७९, शनिबार