कविता : ‘आफ्नो मान्छे आफ्नै हुन्छ’

दिपेन्द्र बस्नेत


आफ्नो मान्छेले भ्रष्टाचार गरे काखी च्याप्नुपर्छ
कसैले देख्यो भने हिलो छयाप्नुपर्छ
देखेर पनि नदेखे झै ग¥यो भने केही गर्नुहुदैन
देखेर पनि बेईज्जत गरेमा त्यसको घाँटी न्याक्नुपर्छ

आफ्नाले हत्या, हिंसा , बलात्कार गरेपनि जोगाउनु पर्छ
त्यस्तो मुद्दा सर्वसाधारण जनतालाई ठोकाउनुपर्छ
आफ्नो मान्छेलाई यस्तो पीडा पर्दा यो मन कति रुन्छ
जति भएपनि आफ्नो मान्छे आफ्नै हुन्छ ।।

आफ्नो मान्छे गल्ती ग¥यो जेल पर्यो कसरी हेरेर बस्नु
उसलाई झ्यालखानामा राखेर बाहिर कसरी सास फेरेर बस्नु
अवसर आउँदा आफ्ना मान्छेलाई रोज्नुपर्छ
अप्ठ्यारो पर्दा आफ्नो मान्छेलाई खोज्नुपर्छ

जति बेथिति गरेनि गाला पोस्नुपर्छ ।।

कसरी आफ्नालाई अवसर दिने त्यतिमात्र सोच्नुपर्छ
आफ्ना मान्छेलाई चोट लाग्दा यो मन कति रुन्छ
जतिसुकै झगडा होस, आफ्नो मान्छे आफ्नै हुन्छ ।।

जनताले भोट दिए
जति राम्रो गरे नि खोट दिए
कहिल्यै सुखले बाच्न दिएनन्, जतिबेला नि चोट दिए
बाढी, पहिरो , भुकम्प आयो नेताले केही गरेन भन्छन
अर्कोपटक चुनाव आउला यो नेता मन परेन भन्छन
जति गर्दा नि गरेन भन्दा यो मन कति रुन्छ
जस्तो गरे नि अर्काको मान्छे सधै अर्कैको हुन्छ ।।

त्यसैले साथीहरू शक्ति भएको बेला
आफ्नालाई जेलबाट छुटाउ
विरोधीहरुलाई खलनायक लगाएर कुटाउ
कसैका हात भाँचौ, कसैका टाउका फुटाउ
राम्रालाई नराम्रो बनाउन ईज्जत लुटाउ
घर बलियो भयो भने जग बलियो हुन्छ
त्यसैले त हजुर
जति भएनी आफ्नो मान्छे आफ्नै हुन्छ ।।

तपाईको प्रतिक्रिया