पत्रकार मोहन सिंहको पहलमा सरितालाई खाद्यान्न

No description available.

जाजरकोट । पत्रकार मोहन सिंहको पहलमा एकजना महिलालाई राहत स्वरुप खाद्यान्न हस्तान्तरण गरिएको छ । जिल्लाको छेडागाड नगरपालिका ११ की ३६ बर्षिय सरिता नेपालीलाई राहत हस्तान्तरण गरिएको हो । नेपाली एक बर्ष देखि सदरमुकाम खलंगामा भाडाको घरमा बस्दै आएकी छन् ।

घरमा आर्थिक अवस्था कमजोर भएको र कमाई गर्ने मान्छे कोही नहुँदा सरितालाई खाद्यान्नको जोहो गर्न निकै समस्या भएको थाहा पाएपछि पत्रकार सिंहले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटलाई खाद्यान्न सहयोग गर्न आग्रह गरेका थिए ।

No description available.
त्यसपछि खाद्य तथा व्यापार कम्पनी लिमिटेड जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले एक बोरा चामल सहयोग गरेका थिए । ‘गरिव दुःखीलाई आफुले पैसा हालेर पछि सहयोग गर्न तयार छु, पौडलले भने, ‘मानवताको धर्मले पनि उहाँलाई एक बोरा चामल दिएको छु ।’ सबैले यस्ता गरिव दुःखीलाई सहयोग गर्न आग्रह समेत गरे । सरिताको सात जना छोराछोरी रहेका छन् ।

तपाईको प्रतिक्रिया