पोखरा दुर्घटना: ६९ जनाको मृत्यु पुष्टि, ३ जनाको उद्धार जारी


काठमाडौं ।  पोखराको सेती खोंचमा भएको विमान दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ।
यती एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा सवार ६९ जनाको मृत्यु भएको पुष्टि गरेको हो।

तीन जनाको उद्धार जारी रहेको एयरलाइन्सले जनाएको छ। यसैबीच नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान सम्मका लागि उद्धार कार्य स्थगित गरेको छ। दिनभर करिब दुई सय जनाको संख्यामा परिचालित फौजले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीसँगको सहकार्यमा खोजी गरेको थियो। अहिले रातको समय भएको जनाउँदै सेनाले उद्धारको काम भोलि बिहानैदेखि गर्ने जनाएको छ।

बिहान १० बजे ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तिम पटक १० बजेर ५० मिनेटमा सेती खोंचबाट टावरको सम्पर्कमा आएको थियो।

त्यसपछि विमान सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा चार चालक दलका सदस्यसहित ६८ यात्रु थिए।

विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु सवार थिए।

तपाईको प्रतिक्रिया