“श्रोत व्यवस्थापन, उत्पादन र व्यावसायिकरण हाम्रो अभियान,
आत्मनिर्भर, समुन्नत र सुशासनयुक्त जाजरकोटको निर्माण”
जाजरकोट रुपान्तरणका सवालहरु
Jajarkot Transformation Issues
“प्यारी र कचाली हाँस्छिन्, कलकल बग्छिन् भेरी, कुशे र चाखुरे अनि जुनी आउनु फेरी”
“मर्यादा र प्रतिष्ठाका लागि गरौं अठोट, वनाऔं स्वच्छ, सफा र सुन्दर जाजरकोट”
राज्यको पुनर्संरचना मार्फत नेपाली समाजमा व्याप्त विभेद, असमानता र असुरक्षा अन्त्य गर्ने लक्ष्यका साथ विभिन्न कालखण्डका भएका संघर्ष, आन्दोलन र युद्धमा प्राण उत्सर्ग गर्ने आदरणीय शहीदहरुको वलिदानीको उच्च सम्मान र मूल्यवोध गर्दै,
मानव अधिकारको शास्वत मान्यता र मर्म अनुरुप जनताको जीवन, स्वतन्त्रता र मर्यादाको रक्षा गर्नु प्राथमिक राजनीतिक कार्यभार रहेको स्वीकार्दै,
लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा नेपाली जनताले व्यक्त गरेको अभिमत सार्थक वनाउन पारदर्शी, समावेशी र जवाफदेही शासन तथा सार्वजनिक सेवा संस्थागत गर्न भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न आवश्यक रहेको सत्य मनन गर्दै,
मानव विकास सूचकांकमा कमजोर जाजरकोट जिल्लावासीको जीवनस्तर उकास्ने आत्मनिर्भरता, उत्पादन र व्यावसायिकरण तथा सुशासन संग सम्वन्धित विभिन्न विषयगत र क्षेत्रगत शंकल्पहरुलाई स्मरण गर्दै,
जाजरकोटी जनताको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका सवालहरुमा केन्द्रीत रहन जनप्रतिनिधिहरु, स्थानीय सरकारहरु, नागरिक संगठनहरु, राष्ट्रसेवकहरु, उद्योगी व्यापारीहरु, समाजसेवी सहित आम जाजरकोटवासीहरु समग्र हार्दिक आग्रह गर्दछौं ।
जाजरकोटको परिचय वदल्ने नीति
संघीयता र परिवर्तन
– संघीय शासन र परिवर्तनको मर्मलाई आत्मसात गर्न सक्ने सक्षम अधिकार वाहक र कर्तव्य पालक श्रृजनशील, र अनुशासित नागरिक संस्कारको उन्नयन गर्ने ।
सुशासन
-पारदर्शी, समावेशी र जवाफदेही शासन तथा भ्रष्टाचार रहित सार्वजनिक सेवा संस्थागत गर्न र विकासको वाधक भ्रष्टाचारका विरुद्ध शून्य सहनशीलता का लागि उच्च पहल गर्ने ।
-जाजरकोट जिल्लाका लागि दीगो तथा समावेशी विकासका विभिन्न विषयगत विशेष प्याकेज तयार गरी कार्यान्वयन गर्ने ।
– सुशासनको प्रत्याभूति र भ्रष्टाचार एवं दण्डहीनताको अन्त्यका लागि ठोस नीति निर्माण र कार्यान्वयन गर्दै जनता प्रति जवाफदेही न्याय तथा सुरक्षा प्रणाली सुदृढ वनाउन आवश्यक नीति, श्रोत, क्षमता र जनसम्वन्धको विकासमा जोड दिनें ।
-सवै स्थानीय तहमा आवधिक योजना निर्माण र कार्यान्वयन संस्थागत गर्दै सार्वजनिक सेवा र विकासका कामको सूचकमा आधारित परिणाममूलक अनुगमन, मूल्यांकन र समीक्षा प्रणालीलाई अवलम्वन गर्ने ।
– जन प्रतिनिधि र नागरिक वीच आवधिक सम्वाद गर्ने र पारदर्शिता र जवाफदेहिता कायम गर्ने ।
आर्थिक सामाजिक रुपान्तरण
-सुख र समृद्धिका लागि गरिवी निवारण र भोक उन्मूलन गर्न अपरिहार्य रहेकाले आर्थिक सामाजिक रुपान्तरण लक्षित सवै कार्यक्रमहरुमा गरिवी निवारणको सवाललाई केन्द्र विन्दूमा राख्ने ।
– वेरोजगार युवाहरुको यथार्थ र एकीन तथ््यांक संकलन गरी सवै प्रकारका सेवा, सुविधा, अवसर र श्रोतहरुमा जोड्ने नीति वनाउने र विद्यमान नीतिमा आवश्यक परिमार्जन गर्ने ।
– समतामूलक समाज निर्माण गर्न महिला, दलित, जनजाती, अल्पसंख्यक, लोपोन्मुख, जेष्ठ नागरिक, युवा, एकल महिला, वालवालिका, अपांगता भएका व्यक्ति, विपन्न र जोखिममा रहेका व्यक्ति लक्षित समावेशी विकासका प्रभावकारी नीति निर्माण र कार्यान्वयन गर्ने ।
-महिला, दलित, जनजाती, वालवालिका, युवा, जेष्ठ नागरिक, विपद तथा हिंसा प्रभावित, अपांगता भएका व्यक्ति, अति गरीव, विपन्नहरुको सार्वजनिक प्रतिनिधित्व, सहभागिता र पहुंच प्रवद्र्धन गर्ने ।
– मानव वेचविखन, वाल श्रम, वाल विवाहका साथै सवै प्रकारका सामाजिक सवाल विसंगति, विभेद, हिंसा र असमानताहरुको अन्त्यका पहल जारी राख्ने ।
– सहकारी संस्थाको क्षमता विकास, सहजीकरण र वैंक, विमा र वित्तिय संस्थाहरुको ठोस नियमन गर्ने ।
– स्थानीय श्रोत साधनमा आधारित लघु, साना तथा मझौला उद्योग र कारखानाको सम्भाव्यता अध्ययन तथा विकास, कृषि, वन र प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्ने ।
आर्थिक रुपान्तरणको वलियो खम्वाका रुपमा पर्यटन प्रवद्र्धन गर्न जाजरकोट राज्यको पहिचान, स्थानीय ईतिहास, धर्म, विविध सम्पदा, कला र संस्कृति, विशिष्टता र मूल्य मान्यताको संरक्षण र सम्वद्र्धन गर्ने, संरक्षित क्षेत्र र पथमार्ग विकास गर्ने ।
– विद्यमान युवा केन्द्रीत सेवाका विसंगतिको निराकरण गर्दै वित्तिय सेवा र सहयोग संस्थागत गर्ने ।
सार्वजनिक सेवा र विकास
– सरकारी अनुदान र प्रोत्साहन वास्तविक समुदाय र आवश्यकता तथा वन्चितिकरण विश्लेषणका आधारमा प्रवाह गर्ने र विचौलियाले लाभ लिने अवस्थाको अन्त्य गर्ने ।
-विकासका लागि प्राप्त सरकारी श्रोत, अनुदान र प्रोत्साहनमा सीमित तथा निश्चित व्यक्तिको नियन्त्रण हुने अवस्थाको अन्त्य गर्ने ।
– विकासका काममा पारदर्शिता, गुणस्तर तथा जनसहभागिता प्रवद्र्धन गर्ने ।
-सार्वजनिक सेवा र विकासमा सामुदायिक अपनत्व र स्वामित्व प्रवद्र्धन गर्ने ।
– स्थानीय तह, वडा कार्यालय, स्वास्थ््य संस्था, विद्यालय लगायत उच्च प्रविधियुक्त सेवा प्रदायक संस्थाका रुपमा सार्वजनिक निकायहरुको संस्थागत विकास गर्र्ने ।
– विगतमा नमिलेका जिल्ला, स्थानीय तह र वडाका सीमाको वैज्ञानिक पुर्नसीमांकन र अभिलेखन गर्ने ।
– जिल्लाका पश्चिम र पूर्वमा ईलाका प्रशासन, जलाधार संरक्षण, वनष्पति, आवश्यक वैंक, मालपोत र नापी कार्यालय स्थापना गर्ने ।
– सरकारी क्षेत्रवाटै सर्वसुलभ र गुणस्तरीय सार्वजनिक शिक्षा र निशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको सुनिश्चित गर्ने ।
– स्थानीय श्रोतमा आधारित लघु, साना तथा मझौला उद्योग र कारखानाको सम्भाव्यता अध्ययन गर्ने ।
– कृषि र वन क्षेत्रका प्रविधि अनुसन्धान केन्द्र स्थापना गर्नें ।
विविध
– प्राकृतिक श्रोत साधनको उपयोगमा गरीवलाई कानूनको आडमा विमुख गरी सीमित माफियालाई लाभ दिने नीति खारेज गर्ने ।
-आगामी ३ वर्ष भित्र जिल्लालाई पूर्ण सरसफाई उन्मुख घोषणा गर्ने तथा पूर्ण साक्षर घोषणा र पूर्ण खोपयुक्त घोषणाको दीगोपना र गुणस्तर कायम गर्नें ।
-पर्यटन विकासका लागि पर्यटन विकास योजना र नीति वनाउने ।
-सवै विकास आयोजनाहरुमा जलवायु परिवर्तन र विपद संवेदनशीलतालाई ध्यान दिने ।
– राष्ट्रिय गौरवको आयोजना नलगाड जलविद्युत आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्न र केन्द्रीय प्रसारण लाईन सवै क्षेत्रमा विस्तार गर्ने ।
– ऐतिहसिक जाजरकोट दरवारलाई संग्रहालय वनाउने र जिल्लाका अन्य विशेष महत्वका धरोहर र सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्ने ।
– जाजरकोट जिल्लाको स्थानीय भाषा, संस्कृति, साहित्य कला सहितका हाम्रा गौरवको संरक्षण, अभिलेखन तथा प्रचार प्रसार गर्ने ।
– जैविक विविधता र जल सम्पदा सहित प्राकृतिक श्रोत साधनको संरक्षण, सम्वद्र्धन गर्दै आय आर्जनमा जोड्ने ।
– जन प्रतिनिधि र सार्वजनिक लाभको पदमा आसीन व्यक्ति तथा सरकारी कर्मचारीले कानून विपरीत निजी व्यवशाय गर्न नपाउने नीतिगत व्यवस्था गर्ने ।
– महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, एकल महिला, तेश्रो लिंगी, अल्पसंख्यक, लोपोन्मुख, दलित, जनजाती, विपन्न, अति गरीव, विस्थापित समुदायको सामाजिक सुरक्षा सुनिश्चित गर्ने ।
जाजरकोटको परिचय वदल्ने अभियान तथा कार्यक्रमहरु
आर्थिक विकास
कृषि
– सम्भाव्यताका आधारमा व्यावसायिक तथा आधनिक कृषि प्रणाली आरम्भ गर्दै उत्पादन पकेट क्षेत्रलाई हवको रुपमा विकास गर्ने गरी व्यावसायिक तथा आधनिक कृषि प्रणाली आरम्भ गर्ने ।
– सवै स्थानीय तहमा कृषि उत्पादन, प्रसार र दीगो विकासका समन्वयात्मक प्रयासहरु गर्ने ।
– कृषि प्रसारमा जलवायु परिवर्तन, भूक्षय, रोग किरा, विपद, आगलागी जस्ता पक्षहरुलाई विशेष रुपमा ध्यान दिने ।
– सम्भाव्यताका आधारमा मूल्य श्रृंखलामा आधारित खाद्यान्न, नगदेवाली, मसलावाली, तेलहन, दलहन, तरकारी, फलफूल र सुगन्धमय विरुवा र प्रजातीको खेती आरम्भ गर्ने ।
– जलवायु परिवर्तन, भूक्षय, रोग किरा, विपद, आगलागीलाई दृष्टिगत गर्दै सम्भाव्यता अनुरुप मूल्य श्रृंखलामा आधारित खाद्यान्न, नगदेवाली, मसलावाली, तेलहन, दलहन, तरकारी, फलफूल र सुगन्धमय विरुवा र प्रजातीको खेती आरम्भ गर्ने ।
– खाली जमीन समेत उपयोग गरी सवै कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै संकलन, संचय र विक्री तथा हाटबजारहरु स्थापना स्थापना र उत्पादनमा बिशेष जोड दिंदै आन्तरिक तथा वाह्य वजार व्यवस्थापन समेत गर्ने ।
– सुन्तला र महको वृहद गुणस्तरीय उत्पादन वृद्धि प्याकेज विकास तथा स्थानीय सेरेना जातको महको गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्ने ।
– कृषि र कृषकहरुको सुरक्षाका लागि विभिन्न क्षेत्रका वालीहरुको वीमा विस्तार गर्ने ।
– एकीकृत शत्रूजीव व्यवस्थापन गरी उत्पादन र उत्पादकत्व वढाई खाद्य सुरक्षा प्रवद्र्धन गर्ने ।
भूमि, दीगो भूव्यवस्थापन र जैविक तथा पारस्थितिकीय प्रणाली
– जाजरकोट जिल्लाको जलवायु विविधता अनुसार वेंशी, मध्य पहाडी, पहाडी र उच्च पहाडी क्षेत्रको धरातलीय विशिष्टता अनुरुप दीगो भूव्यवस्थापन गर्ने ।
– धरातलीय विशिष्टता अनुसारका कृषि र सिंचाई प्रविधि अवलम्वन गर्ने ।
– सम्भाव्य जैविक विविधता संरक्षण गर्ने, चोरी निकासी वन्द गर्ने र वैज्ञानिक उपयोग गर्ने । ।
– स्थानीय अवस्था अनुकूलित जैविक एवं पहाडी कृषि पारस्थितिकीय प्रणालीको संरक्षण र सम्वद्र्धन गर्दै वहुआयामिक एवं पोषण संवेदनशील वनाउने ।
– भूमिहीन दलितलाई आवासका लागि भूमी उपलव्ध गराउने र अव्यवस्थित वसोवासलाई व्यवस्थित वनाउने कार्यलाई तदारुकता दिई प्रभावकारी रुपमा अगाडी वढाउने ।
पशुपंक्षी विकास
-मासु जन्य र अण्डाजन्य पशु पंक्षीको उत्पादन वृद्धि गर्ने ।
-पंक्षी र जलचर संरक्षण र सम्वद्र्धन गर्ने ।
– चरण क्षेत्र विस्तार गर्दै पशुवीमा विस्तार र सुधार गर्ने ।
– कालिज पालन सहित नयां र कानून वमोजिम आयमूलक रुपमा पंक्षीपालन प्रोत्साहन गर्ने ।
पर्यटन
– जाजरकोट जिल्लाको पर्यटन विकास शंकल्प अनुसार जाजरकोट राज्यको पहिचान स्थानीय ईतिहास, धर्म, विविध सम्पदा, कला र संस्कृति, विशिष्टता र मूल्य मान्यताको संरक्षण र सम्वद्र्धन गर्ने ।
-घरवास (होमस्टे) मा आधारित पर्यटन प्रवद्र्धन गर्ने ।
-महत्वपूर्ण जनावर र जैविक विविधता संरक्षित क्षेत्र र पथमार्ग विकास गर्ने ।
– ऐतिहसिक जाजरकोट दरवारलाई संग्रहालय वनाउने ।
– जिल्लाका अन्य धरोहर र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने ।
सहकारिता र वित्तिय सेवा
– ३ तहका सरकार ÷जनप्रतिनिधिहरुले कार्यान्वयन र अनुगमनको जिम्मेदारी लिदै सहकारी मार्फत आय आर्जन र उत्पादनमा आधारित सहुलियत कर्जा लागु गर्ने ।
– जनताको जीवन सुरक्षा, उत्पादन, व्यावसायिकरण र आर्थिक समृद्धिमा सहयोग पुग्ने गरी वैक, विमा तथा अन्य वित्तिय सेवाको विस्तार, व्यवस्थापन र नियमन गर्ने ।
– सहकारी संस्थाहरुको सवलीकरण र संस्थागत विकास गरी आर्थिक तथा सामाजिक रुपान्तरणको सहयात्रीको रुपमा अगाडी वढाईने र सहजीकरण तथा व्यवस्थापन र नियमन गर्ने ।
भौतिक पूर्वाधार विकास
सडक
– जिल्लाका रणनीतिक महत्वका सडकहरु मध्य भेरी कोरिडोर अन्तरगतको चिसापानी — तल्लुवगरको स्तरोन्नतीलाई तिव्रता दिई ५ वर्षमा सम्पन्न गर्ने, जाजरकोट खलंगा — पांचकाटिया — व्याउलीढुंगा — जुम्ला (सुरुङ मार्ग) को विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गरी १० वर्षमा निर्माण सम्पन्न गर्ने, छेडा — वडावन — चांदे — टोप्ला जुम्ला वहु वर्षे सडक ७ वर्षमा सम्पन्न गर्ने, खलंगा वोहरा — ईवर — गंगटिया — पुन्मा — मेलटाकूरी वैकल्पिक मार्गको निर्माणलाई तिव्रता दिने, चंखिला — सानाखोला — जुनी सडकको निर्माणलाई तिव्रता दिने, खारा — चारगाउं — ऐरारी — गर्छिना समाईला — जुम्ला सडकको निर्माणलाई तिव्रता दिने, मोर्क — शिवालय — टाटा — थालारैकर — दैलेख सडक ५ वर्षमा सम्पन्न गर्ने ।
-अन्य सवै निर्माणाधीन सडकको निर्माणाधीन सडक आयोजनाहरु सम्पन्न र स्तरोन्नती गर्दै जाने ।
– जाजरकोट र जाजरकोटवासीको आर्थिक तथा सामाजिक विकास र जीवन रुपान्तरणका लागि विशेष अवसरहरु श्रृजना गर्न लुम्विनी — जाजरकोट — रारा, मध्य पहाडी लोकमार्ग, थलह–व्याउलीढुङ्गा हुँदै जुम्ला, खलंगा — मछाईना — ढुंगील थलह, कालीमाटी — लिम्सा — जुम्ला लगायतका रणनीतिक महत्वका सडकको स्तरोन्नती, विकास, विस्तार र सडक संजालमा जोड्ने ।
– आवश्यकताका आधारमा सवै चालु सडक स्तरोन्नती गर्ने ।
– लुम्विनी — रारा सडक तथा जाजरकोट — जुम्ला सडक अन्तरगतको लाईफलाईन खलंगा — पांचकाटिया खण्डमा पर्ने गारराङसी माथीको क्षेत्र तथा अन्य विभिन्न सडकका माग भएका एलाईन्मेन्ट परिवर्तनका लागि सिघ्र निर्णयमा पुग्ने र निर्माण सम्पन्न गर्ने ।
– यातायात सुविधा सार्वजनिक लाभमा ल्याउन भाडा दर र समय तालिका तथा यात्रु सुरक्षामा विशेष सजगता अपनाउने ।
– जिल्लाका सवै वडामा वर्ष भरी संचालन हुने गरी वांकी स्थानमा सडक निर्माण र संचालन गर्ने ।
– सडक निर्माणमा पारदर्शिता, गुणस्तर तथा जनसहभागिता, सामुदायिक अपनत्व र स्वामित्व प्रवद्र्धन गर्ने ।
सिंचाई
– ५ वर्ष भित्र जिल्लाका सवै खेतीयोग्य जमीनमा सिंचाई सुविधा उपलव्ध गराउने ।
– निर्माणाधीन सिंचाई आयोजना सम्पन्न गर्ने ।
-वैकल्पिक सिंचाई प्रणाली विस्तार गर्ने ।
अन्य सामुदायिक पूर्वाधार
– आवश्यकता र मागका आधारमा सामुदायिक भवन, पूल तथा सामुदायिक भवन जस्ता सामुदायिक पूर्वाधारको व्यवस्था गर्ने ।
-सुरक्षा निकायका लागि आवश्यक भवन, यातायात र संचार जस्ता पूर्वाधार व्यवस्थामा जोड दिने ।
-निर्माण शुरुवात भएका निर्माणाधीन सामुदायिक पूर्वाधारको निर्माण सम्पन्न गर्ने ।
-सदरमुकाममा १००० जना भन्दा वढी मानिस अट्ने सभा हल निर्माण गर्ने ।
– दशौं राष्ट्रिय खेलकूदलाई मध्यनजर गर्दै जाजरकोटमा कुनै खेल आयोजना गर्न १५०० जना भन्दा वढी क्षमताको कभर्ड हल र रंगशाला सहित तालीम केन्द्र निर्माण गर्ने ।
– जिल्लाका २ प्रदेश सभा निर्वाचन क्षेत्रका १,१ स्थानमा नमूना वजार विकास गर्ने ।
खानेपानी, सरसफाई तथा स्वच्छता
– दीगो विकास लक्ष्य र संविधानको भावना अनुसार ५ वर्ष भित्र जिल्लाका शत प्रतिशत घरमा स्वच्छ खानेपानी र आधारभूत तहको सरसफाई सुविधा उपलव्ध गराउने ।
– निर्माणाधीन खानेपानी योजनाहरुको दीगो मर्मत सम्भार र व्यवस्थापन गर्ने ।
संचार सेवा
– नागरिक केन्द्रीत सार्वजनिक सेवा, सूचनाको हक प्रवद्र्धन, सुशासन जवाफदेही शासन संचालनमा सहयोग पुग्ने जिम्मेवार मिडीयाको विकास गरिने छ ।
– ५ वर्ष भित्र जिल्ला भर संचार सुविधा उपलव्ध गराउने ।
– ५ वर्ष भित्र जिल्लाभर भरपर्दो द्धन् सहित ईन्टरनेट सेवा उपलव्ध गराउने र छन् सेवा विस्तार गर्ने ।
विद्युत
– लुम्विनी प्रदेश वांकेवाट कर्णाली प्रदेश सुर्खेत सम्म १२० के.भी. प्रशारण क्षमता वृद्धि र विकास गर्न आवश्यक प्राविधिक, वातावरणीय, कानूनी तथा अन्य कार्य १ वर्ष भित्र सम्पन्न गर्ने ।
– ४१७ किलोवाट क्षमताको नलसिंगाड जलाशययुक्त जलविद्युत आयोजनाको १ वर्ष भित्र विस्तृत आयोजना प्रतिवेदन म्एच् को कार्य सम्पन्न गरी ५ वर्ष भित्र निर्माण कार्य शुरु गर्ने ।
– ७ मेघावाट क्षमताको तांसुगाड जलविद्युत आयोजनाको निर्माण कार्य १ वर्ष भित्र शुरु गर्ने ।
– १ वर्ष भित्र ४०० के.भी. क्षमताको दानीपिपल प्रशारण केन्द्रको निर्माण सम्पन्न गर्ने ।
– मजकोट विराखोला जलविद्युत आयोजनाको १ वर्ष भित्र विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण कार्य शुरु गर्ने ।
– केन्द्रीय विद्युत लाईन विस्तार गर्न कुशेको समाईला, छेडागाडको वडावन र नलगाडको दल्ली सहित ३ वटा नयां सव स्टेशन निर्माण गर्ने ।
– वांकी वस्तीमा केन्द्रीय प्रशारण लाईन विस्तार गरी ५ वर्ष भित्र जिल्लाका सवै घरधूरीलाई सुलभ र गुणस्तरीय जलविद्युत सेवाको पहुंचमा पुर्याउने ।
-जिल्लाका वजार क्षेत्रमा सौर्य उर्जाको विस्तार गर्ने ।
वन तथा वातावरण र विपद व्यवस्थापन
– सवै स्थानीय तहमा जोखिमयुक्त स्थान र व्यक्तिहरुको जलवायु परिवर्तन अनुकूलन क्षमताको विकास गर्ने ।
– जिल्ला र स्थानीय तहका विपद व्यवस्थापन समिति क्रियाशील वनाउंदै सवै प्रकारका विपदको प्रतिकार्य क्षमता वढाउने ।
– प्रारम्भिक वाल विकास केन्द्र, नीजि, सामुदायिक, कवुलियती सहितका राष्ट्रिय वन र नीजि वनको संरक्षण, सम्वद्र्धन, विकास र आर्थिक समृद्धिका लागि वहुआयामिक उपयोगलाई व्यवस्थित वनाउने ।
– खलंगा टाट्केको जडीवूटी प्रशोधन केन्द्रलाई संचालनमा ल्याउने ।
– जिल्लाका विभिन्न भागमा पाईने वहुमूल्य खनिज सम्पदा (काईनाईट, तामा, कोईला, टुुर्मालिन, सिलाजीत, चुन लगायत ढुंगा, पत्थर) को उत्खनन गरी प्रशोधन, प्रर्बद्धन र औद्योगिकरण गर्न तथा जडीवूटीहरुको संरक्षण, सम्वद्र्धन र व्यावसायिकरण गर्ने ।
सामाजिक विकास
शिक्षा
– सामुदायिक विद्यालयमा शैक्षिक सुशासन कायम गर्दै श्रोतहरुको समन्यायिक वितरण गर्ने ।
– सामुदायिक विद्यालयलाई शान्ति क्षेत्र वनाउन विद्यालय विद्यालय परिसरमा राजनीतिक र व्यावसायिक कार्यक्रम, कुनै पनि मेला, महोत्सव, वजार, पर्व, प्रदर्शनी आयोजना नगर्ने ।
– शिक्षक विद्यार्थी अनुपात र सामाजिक न्यायका आधारमा अत्यावश्यक शिक्षक दरवन्दीको व्यवस्था र समन्यायिक वितरण गर्ने ।
-आवश्यकता, माग र सम्भाव्यताका आधारमा सामुदायिक विद्यालयमा वजार माग अनुकूल विषयका प्राविधिक धार थप गर्ने ।
– आवश्यकता, माग र सम्भाव्यताका आधारमा व्यावसायिक शिक्षालय थप गर्ने ।
– आवश्यकता, माग र सम्भाव्यताका आधारमा सामुदायिक माद्यमिक तह र उच्च शिक्षा तहमा समसामयिक महत्वका नयां विषय थप गर्ने ।
– वाल विवाह, लैंगिक हिंसा, मानव वेचविखन, वाल श्रम, जातीय छुवाछूत र विभेद, लागू औषध दुव्र्यशन जस्ता सामाजिक सवाल, विसंगति, र असमानताको अन्त्यका ठोस योजना वनाई कार्यान्वयन गर्ने ।
– भेरी ज्ञानोदय क्याम्पसमा स्नातकोत्तर तहमा विषय थप गर्ने ।
– जिल्लामा प्राविधिक विषयको स्नातक तह अध्यापन गराउने र वहुप्राविधिक शिक्षालय थप गर्ने ।
– सवै तह र विषयको शिक्षण सिकाई उपलव्धी सुधार गर्न कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने ।
– विशेष प्राविधिक उच्च शिक्षामा गरीवको पहुंच वढाउन सरकारी छात्रवृत्ति व्यवस्था गर्ने ।
– सरकारी शिक्षकलाई नीजि विद्यालय र व्यावसायिक कोचिंग कक्षामा आवद्ध हुनमा निरुत्साहित गर्दै विभिन्न नाममा सार्वजनिक शिक्षण शिक्षण संस्थामा नियम विपरीत लिईने शुल्क संकलन वन्द गर्ने ।
– स्थायी शिक्षकका तह मिलान, १० जोड २ का शिक्षक स्थायी गराउने, वाल विकास सहयोगी, विद्यालय कर्मचारी, राहत र नीजि शिक्षक सहित शिक्षक तथा विद्यालय कर्मचारीका जायज माग सम्वोधन गर्न
-संघीय शिक्षा ऐन जारी गर्न विशेष भूमिका खेल्ने ।
– विद्यालय खाजा कार्यक्रम थप व्यवस्थित वनाउने ।
-प्रारम्भिक वाल विकास केन्द्रलाई थप व्यवस्थित वनाउने ।
स्वास्थ्य
– ५० शैयाको जाजरकोट जिल्ला अस्पतालको सुविधा सम्पन्न नयां भवनवाट सेवा प्रारम्भ गर्ने ।
-सुविधा सम्पन्न नयां आयुर्वेद औषधालय निर्माण र संचालन गर्ने ।
– ७ वटै स्थानीय तहहरुमा पालिका स्तरीय अस्पताल र निर्वाचन क्षेत्र स्तरमा क्षेत्रीय अस्पताल स्थापना गर्ने र ५० शैयाको जाजरकोट जिल्ला अस्पताल तथा अन्य सवै स्वास्थ््य संस्थाहरुमा भौतिक तथा मानवीय श्रोत साधनको व्यवस्था गर्ने ।
– स्वास्थ््य वीमा नीति परिमार्जन र सेवा प्रवद्र्धन गर्दै नागरिक स्वास्थ््य सुरक्षा सुनिश्चित गर्ने ।
– मौजूदा स्वास्थ््य सेवालाई व्यवस्थित वनाउंदै निशुल्क स्वास्थ््य सुविधा प्रभावकारी वनाउने ।
– कम्तिमा जिल्ला अस्पतालमा क्षय रोग, कुष्ठ रोग, ट्यूमर, किड्नी खरावी, पार्किन्सन, ल्युकोमिया, क्यान्सर, मुटू रोग जस्ता असाध्य रोगहरुको परीक्षण र परामर्श सेवा विस्तार गर्ने ।
– वाल रोग, मातृ तथा प्रसूति र जेष्ठ नागरिक विशेषज्ञ सेवा सहितको अस्पतालको व्यवस्था गर्ने ।
-सर्ने रोग, नसर्ने रोग, नयां रोगहरु त्था महामारी व्यवस्थापन गर्दै नियमित रुपमा विशेषज्ञ घुम्ति सेवा संचालन गर्ने ।
– ५ वर्ष भित्र नयां प्रविधि र सुविधायुक्त आंखा अस्पतालको स्थापना गर्ने ।
– सवैै वडाहरुमा बर्थिङड्ड सेन्टर स्थापना गरी सुरक्षित प्रसूति सेवा प्रवाह गर्ने ।
लैंगिक समानता तथा सामाजिक समावेशीकरण
– वेरोजगार युवाहरुको यथार्थ र एकीन तथ््यांक संकलन गरी सवै प्रकारका सेवा, सुविधा, अवसर र श्रोतहरुमा जोड्ने नीति र कार्यक्रम वनाउने ।
– अपांगता भएका व्यक्तिको जीवन यापन, पहुंच र पुनस्र्थापनाका योजना वनाई कार्यान्वयन गर्ने ।
– वालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्दै वाल विवाह, वाल श्रम, वेचविखन र दुव्र्यवहार विरुद्ध सशक्त जनमत निर्माण गर्ने, महिला, दलित, जनजाती, वालवालिका माथी हुने विभेद, दुव्र्यवहार, वेचविखन तथा हिंसा जस्ता विसंगति अन्त्य गर्ने ।
– राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा प्रतिनिधित्व, सहभागिता र पहच वढाउंदै महिला माथी हुने हिंसा, वेचविखन, वहुविवाहको अन्त्य गर्ने र न्याय तथा सुरक्षाको ठोस अनुभूति दिलाउने ।
– जिल्ला सदरमुकाम र स्थानीय तहमा ठूला खेल मैदान लगायतका पूर्वाधारहरुको विकास गर्ने ।
– डिजिटल युगको माग अनुसार मानवीय जनशक्ति विकास गर्ने ।
– स्थानीय तहहरुमा स्थानीय वाल अधिकार समिति क्रियाशील वनाउंदै वालमैत्री स्थानीय शासन संस्थागत गर्ने ।
– समय तथा वजार माग अनुकूल निजामती, शिक्षक, प्रहरी, अनुसन्धान, सशस्त्र प्रहरी, सेना, सार्वजनिक संस्थान जस्ता क्षेत्रमा रोजगारीका अवसरमा प्राप्त गर्न परामर्श दिने र प्रतिष्पर्धी क्षमता विकास गर्ने ।
– युवाहरुलाई वहुआयामिक सीप, क्षमता, उद्यमशीलता र प्रतिष्पर्धी क्षमता विकास गर्नें ।
अन्य सामाजिक विषय
खेलकूद पूर्वाधार विकासका साथै खेल तथा वैज्ञानिक प्रतिभा पहिचान र प्रस्फूटनको व्यवस्था गर्ने ।
धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा र सभ्यता तथा पूर्वाधारको प्रसार, संरक्षण र सम्वद्र्धन गर्ने ।
योग तथा प्राकृतिक चिकित्साको शैक्षिक अध्ययन र सामाजिक सचेतना विस्तार गर्ने ।
सामाजिक सद्भाव, दीगो शान्ति र एकता सहित द्वन्द न्यूनीकरण र मेलमिलापका विशेष प्रयास गर्ने ।
सुशासन प्रवद्र्धन
स्थानीय तहको कार्य सम्पादन क्षमता र गुणस्तर प्रवद्र्धन तथा वित्तिय जोखिम न्यूनीकरण गर्ने ।
विकास र सार्वजनिक सेवाको प्रभावकारिताका लागि परिपूरक तथा सहयात्रीका रुपमा नागरिक समाजका अंगहरुको सवलीकरण गर्ने ।
जिल्लाको विकासका लागि विकास सम्मेलन गर्ने, नियमित छलफल गर्ने तथा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जन प्रतिनिधि र जनताहरु वीच नियमित सम्वाद गर्ने ।
सार्वजनिक जवाफदेहीता र पारदर्शिताका लागि सामाजिक परीक्षण, लैंगिक तथा वाल वजेट विश्लेषण, आन्तरिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, ग्राहक वा सेवाग्राही सन्तुष्टि मापन जस्ता औजारहरु अवलम्वन गर्ने ।
सूचकमा आधारित तेश्रो पक्ष अनुगमन, मूल्यांकन र समीक्षा प्रणाली स्थापित गर्ने ।
सार्वजनिक निकायहरुमा नागरिकको सूचनाको हक प्रवद्र्धनका लागि स्वत प्रकाशन –Proactive Disclosure, सूचना अधिकारी व्यवस्था र कानून वमोजिम सूचना प्रवाह कार्य संस्थागत गर्ने ।
संस्थागत क्षमता विकास
स्थानीय तहका न्यायिक समितिहरुको संस्थागत क्षमता विकास गर्ने ।
भूकम्प प्रतिरोधी भवन संहितालाई नीजि आवाश तथा अन्य सरकारी र सामुदायिक भवन निर्माणमा कडाईका साथ अवलम्वन गर्ने ।
राजनीतिक दल, सरकार र नागरिक समाज वीचको सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने ।
कर्मचारी, जन प्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरुको समसामयिक क्षमताको विकास गर्ने ।
स्थानीय तहहरुमा संगठन क्षमता विश्लेषणका आधारमा जनशक्ति व्यवस्थापन गर्ने ।
संघ, प्रदेश र स्थानीय तह अन्तरगतका सेवा प्रदायक संस्थाको क्षमता सुदृढीकरण गर्दै उच्च प्रविधिमा आधारित द्रूत सेवा संस्थागत गर्ने ।
जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुको मनोवल तथा जन सेवाभावलाई उच्च राख्न नीतिगत र उत्प्रेरणात्मक व्यवस्थाहरु कार्यान्वयन गर्ने ।
सार्वजनिक निकायमा सूचनाको हक सुनिश्चित गर्ने ।
सार्वजनिक निकायको भौतिक संरचना र सेवालाई अपांगता मैत्री वनाउने ।
लेखक शाह नागरिक समाज जाजरकाेटका संयाेजक हुन् ।
। १ माघ २०७९, आईतवार