प्रेम विश्वासले गाजिएको प्रकृतिको सुन्दर उपहार हो । जसले नत रङ नत रुप नै ल्याएर आएको हुन्छ । ल्याउछ त केबल स्पर्श ! हो त्यही स्पर्शको गहिराइ नै प्रेम हो । हर कोही प्रेम जान्न चाहान्छन बुझ्न चाहान्छन तर उक्त बिषयमा अन्जाननै हुन्छन । प्रेम केहो भनी लागेको प्रश्नवाचक चिन्हमा मैले पनि त पुर्णविराम दिन नखोजेको कहाँ होर ? म चाहान्छु अध्यारो साझले जसरी उज्यालो बिहानी प्राप्त गरे लगतै पुर्णबिराम लाग्छ । त्यस्तै होस प्रेममा पनि जसरी स्पर्शको लम्बाईले भावना रुपी नापको माध्यमबाट प्रेमको उत्तरले पुर्णविराम पाइयोस् । विश्वास रुपी स्केलको माध्यमबाट प्रेमको उत्तरले पुर्णविराम पाइयोस् । नजरिया झ्यालहरु बाट प्रेमको उत्तरले पुर्णविराम पाइयोस् । पाउनकै लागि खडा भएको त्यो प्रश्नवाचक चिन्हले पुर्णबिराम पाओस् ।
प्रेम त्यस्तो अभिबाज्य पनि होइन । प्रेम त्यस्तो हुन्छ जुन हलुका हावा जस्तै महसुस गर्न सकिन्छ । जसको खोजीकै लागि दुनियाँ तम्सिएको हुन्छ । जसको खोजीमै तमाम भौतिक शरीरहरु सिधिएका हुन्छन् । जसको खोजीमै आँखा भित्रको तरल पदार्थ को खानी रितिएको हुन्छ । जसको अभावमा कयौँ दबाब झेल्नु पर्छ । जो अमुल्य जस्तै हुने गर्दछ । जो कहिल्यै देखिदैन । जसको खोजिमा कयौँ यात्री यात्रामै बिचलित भएका छन भने कयौँ यात्री यात्रामै थकित भएका छन् । कसैलाई पीडाका बाढीले बगाउछ भने कसैलाई अपुग मिहिनेतको हिउँ परि यात्रामै बर्जपात पार्दछ । कोही दःुखको झरी भित्र थकित भैहाल्छन् भने कोही बिजुलीको बिस्मात संगै विलीन हुन्छन् । त्यसैले प्रेम सजिलै संग प्राप्त गर्न सकिदैन । प्रेम त्यस्तो चिज हो जसको बारे …..जति बर्णन गर्दा पनि अझ अपुग हुन्छ ।
उक्त नभेटेएको प्रेम खोजी यात्रा मैले पनि त कहाँ नगरेकी हुँ र ? त्यहीँ प्रेम भेटाउनकै लागि अनवरत बग्ने नदि झै म पनि रफतारमा नहिडेको कहाँ होर ? लाखौँ ताराहरु बीचमा चन्द्रमाले पनि त्यो निर्मम प्रेम पाएको हुँदैन, एक्लो एक्लो हुन्छ त्यस्तै म पनि यो दुनियाँको भिडमा एक्लो एक्लो महसुस गर्छु ।
त्यही प्रेम पाउनको निम्ति सयौँ रातहरु यादले बिताए जस्तै मैले पनि बिताएको छु एक्लै एक्लै ! सायद म त्यही प्रेम कै निम्ति जन्मिएकी हुँदि हुँ । जो नभेटिएको प्रेम ! प्रेमको खोजी यात्रामा कोही इनामको व्यवस्था गर्दो होत ! सायद त्यो नभेटिएको प्रेम खोजी यात्राको इनाम मेरै पोल्ठोमा पर्ने थियो । जसलाई भेटाउनकै लागि खर्चिएका कयौँ अनिदा रात, खाएपनि नखाए झै देखिने त्यो भोको पेट, नाङ्गा मायाका विरह, निन्याउरो धुन, मुर्ति जस्तो मलिन अनुहार, वर्षाद झै अबिर झर्ने आँखाका बलिन्धारा, कसैको प्रतीक्षामा बसेको आभास खै कसरी बयान गरु ? ती दिन जुन दिन नभेटिएको प्रेम भेटाउनकै निम्ति संघर्षशील यात्रा गर्दै थिए । यी र यस्तै मूल्यांकनको मापदण्ड हुँदो हो त म उत्कृष्ट नै हुने थिए । त्यो स्वर्णिम इनाम म नै जित्ने थिए ।
कहिलेकाही एकान्तमा समीक्षा गर्छु त कहिलेकाही नभेटिएको प्रेमको कल्पना गर्छु । हो म त्यहीँ भावना ब्यक्त गर्दै छु जुन कलिलो भावना प्रेम खोजिमै रितियो । जब म कक्षा ५ मा पढ्दै थिए । मेरि आमाले स्वर्ग रोजिन भनौँ अथार्त मैले सदाका लागि आमा गुमाए । आमा गुमाए लगत्तै मैले टुहुरिको उपमा पाए । समय बित्दै गयो एकदिन मेरा आफ्ना भनौदाहरुले मलाई गोठाले जीवन बरदान दिए । म त्यो समयको कसरी बयान गरौँ । कुन छेउबाट सुरु गरौँ । अहिले सम्झिदा पनि हात भैचालोले हल्लाए जसरी काप्न थाल्छन् । अनि आपत पर्दा आउने आवाज झै जोडले चिच्याउन मन लाग्छ । जब म ११ बर्षकी थिए ।
एक दर्जन भैंसी र पैसठी वटा बाख्रा अनि त्यस्तै गाई बाहेक मेरो आफ्नो भन्ने कोही थिएनन् । उनीहरु कै लागि कहिल्यै रुखमा पछारिन्थे त कहिल्यै जङ्गल मा बजारिन्थे । सबै मानिस प्रेम, खुशी र आनन्दको खोजिमा सहर भित्रन्थे । सहर जाने बाटो त्यहीँ मेरो संसार भएको जङ्गलबाटै थियो । मैले पनि एकदिन त्यस्तो निर्णय गरे जो मेरा लागि बिल्कुल नौलो थियो । त्यो नौलो निर्णय अरु केही नभई जङ्गलको संसार अनि गोठाले जिन्दगीलाई तिनै एक दर्जन भैंसी अनि पैसठी वटा बाख्रा र अन्य गाई बस्तुको नामसारी गरि सहरमा जाने थियो । नौलो निर्णय साथ केही दिनपछि म सहर तिर लागे ।
सहरमा आग्ला अग्ला घरहरू अनि बोलिरहेका धुवा उडाउने फलाममा भैंसी देख्दा असाध्यै डर लाग्यो । अब नौलो र झिल्लीमिलि सपनाको सहरमा खाना त खानै प¥यो नि । जो सहर मैले कल्पना गरेको थिए त्यो सहर कल्पनामै सिमित रहयो । कोही नहुने बेसहाराले त माग्ने काम गर्नुपर्दो रहेछ । म पनि त्यही काममा मन्दिर नजिक माग्न बसे । बिस्तारै सहर चिन्दै गए । जिन्दगी बनाउन आएको सहरमा त प्रेम भेटाउनकै लागि रहरहरु धरौटी राख्नु पर्दो रहेछ । बाध्यता संग मित्रता गाँस्नु पर्दो रहेछ । मन भारी बनाई झुटो मुस्कानका साथ हाँस्नु पर्दो रहेछ । म बिचारी गोठालीलाई के थाहा ?
मैले गोठाले जिन्दगी छोडेर सहर रोजेको सायद त्यहीँ नभेटिएको प्रेम भेटाउनकै लागि हुदो हो । एक दिन सोचिहाले गाउले जिन्दगीले नभेटिएको प्रेम खै सहरिया जिन्दगीमा कसरी भेटिएला र ? तर मेरा अन्जान पैतलाका यात्रा कहिल्यै रोकिएनन् जो प्रेम भेटाउनकै लागि थिए । मेरा अपरिचित आँखा कहिल्यै थाकेनन् हो प्रेम भेटाउनकै लागि एकोहोरिएका थिए । सायद मेरो जन्म प्रेम भेटाउनकै लागि हुदो हो लाग्छ । प्रेम मैले तिमीलाई कहाँ कहाँ खोजिन होला र बाँकी छ त केबल अब एउटा ठाउँ, त्यो ठाउँ हो तिमी भएको ठाउँ, प्रेम तिमी भएको ठाउँ, म तिम्रै खोजीमा निसासिएकी छु ,भौतारिरहेकी छु, तिम्रै खोजिमा कयौँ समय रितियो । हस्पिटलको बेड बाट पनि यि निर्दोष आँखाको माध्यम बाट पनि मैले त्यही प्रेम खोजिरहेकी थिए जुन नभेटिएको प्रेम ! नभेटिएको प्रेम ! नभेटिएको प्रेम ।।
धन्यवाद ।
लेखक चन्द दैलेखकाे भगवतीमाइ गाउँपालिकाकाे स्थायी बासिन्दा हुन् । हाल टिकापुर कैलालीमा बस्छिन् ।
कसैको जिन्दगी संग मेल खाएमा संयोग मात्र हुनेछ।
। २३ पुष २०७९, शनिबार