
जाजरकोट । जिल्लाको भेरी नगरपालिका –०१ मा रहेको रिम्ना बजारको अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको छ । रिम्ना बजार भित्रका पसलहरुमा अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ७० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको अनुगमन समितिका संयोजक मानबहादुर खत्रीले जानकारी दिए ।
म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला कृषि विकास कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय रिम्ना, पत्रकार महासंघ जाजरकोट सहितको टोलीले संयूक्त बजार अनुगमन गरेको हो ।
















































। २२ पुष २०७९, शुक्रबार