
साधा जीवन फिल्मी भए म नि तिम्रै हुन्थे होला
हाम्रो जोडि छुटाउने लाई नमज्जाले धुन्थे होला
सानो संसार सजाउनलाई तिम्रै अनि भनि मेरो
साँचो भन्छु तिम्रै लागि सारा खुशी चुन्थे होला
वसन्तको स्पर्श साथै हुदय भित्र छरिएर
अजम्बरी पिरतिको डोरी बाटी बुन्थे होला
आकाशमा उडथे होला पातलमा डुल्थे होला
सोचे जति पुग्ने भय भरखरै सगरमाथा छुन्थे होला
निर्मला रोकाय
कुशे गाउँपालिका,जाजरकोट
















































। २३ पुष २०७९, शनिबार