शिवालयका ६० विपन्न परिवारलाई सोलार सेट वितरण


जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकामा ६० विपन्न घरधुरीलाई सोलार सेट वितरण गरिएको छ । गाउँपालिकाको समन्वय र सहास नेपालको सहयोगमा वितरण गरिएको हो ।

सहास नेपालले गाउँपालिकाको केन्द्र रहेको ऐरेनीमा विशेष कार्यक्रम गरी विपन्न नागरिकलाई सोलार सेट हस्तान्तरण गरेको छ । सोलार हस्तान्तरण गर्दै सहास नेपालका संस्थाका कार्यालय प्रमुख हरिप्रसाद अधिकारीले अध्यारोपमा बसेका गाउँलेहरूलाई उज्यालोको अनुभूति गराउन पाउँदा खुशी लागेको बताए । गाउँलेहरूलाई सोलार लिएर राम्रोसँग प्रयोग गर्न पनि उनले सुझाव दिए ।
उनले भने, ‘बत्ती नहुँदा सल्लाको द्यालो बालेर बालबालिका पठनपाठन गर्न बाध्य छन् सोलार बत्तिले उनीहरूको पठनपाठनमा सहजीकरण गर्छ र तपाईँहरूलाई पनि उज्यालो दिन्छ ।’

शिवालय गाउँपालिका अध्यक्ष शेर बहादुर शाहीले सहास नेपालले गाउँपालिकामा निकै राम्रो काम गरेको बताए । उनले सहास नेपालको जति प्रशंसा गरेपनि अपुरो हुने भन्दै स्थानीयवासीको भावनालाई कदर गर्ने र समस्यालाई समाधान गर्ने संस्था गाउँपालिकामा भित्र्याएको समेत दाबी गरे । एक वर्ष भित्रमा शिवालय गाउँपालिकालाई विद्युतिकरण गरी सक्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया