नेपालगन्जमा दादुराले महामारीको रूप लिएपछि खोप अभियान तीव्र


नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा १ सातायता दादुरा महामारी फैलिएपछि बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्न सुरु गरिएको छ । शुक्रबारदेखि जोखिम देखिएका वडाहरूका ६ महिनादेखि १५ वर्ष उमेर समूहका करिब १० हजार ९ सय ९६ बालबालिकार्लाइ खोप लगाइँदै छ ।

दादुरा रुबेलाका लक्षण देखियमा नजिकको स्वास्थ्य सस्थामा सम्पर्क गरी बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए । एक हफ्ताअघि ४ जनामा सत्रंमण देखिएको थियो । हालसम्म नेपालगन्जका ३१ जनामा दादुरा देखिएको छ ।
दादुराकै कारण बुधबार नेपालगन्जका एक बालकको मृत्युसमेत भइसकेको छ । एक सातायता तीव्र गतीमा फैलिरहेको दादुरा महामारीको अझैसम्म नियन्त्रणमा आउन सकेका छैन । एउटा टोल तथा बस्तीमा ५ जनासम्म दादुराका बिरामी देखापरेमा त्यसलाई महामारीका रूपमा लिने गरिन्छ ।

उपमहानगरका वडा नम्बर ५,७,८,१०,१५ र २२ का बालबालिकामा दादुरा धेरै देखिएको छ । स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले दिएको जानकारीअनुसार सबैभन्दा बढी ५–१५ वर्ष मुनिका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको थियो ।

तपाईको प्रतिक्रिया