भुपेन्द्र नेपाली
जाजरकोट । बारेकोट गाउँपालिका २ का स्थानीय लुमबहादुर नेपालीले माद्यामिक तह (कक्षा १२) उत्तिर्ण गरेको छ बर्ष भयो । उनी सानै देखि पढाईमा निकै लगनशील, मिहिनेती थिए । उनी संधै पढाईलाई नै निरन्तरता दिन चाहान्थे ।
२०७३ सालमा श्री वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय लिम्साबाट उनले माद्यामिक तह (कक्षा १२) उत्तिर्ण गरे । घरको आर्थिक अवस्था कमजोर भएका उनले आफ्नो पढ्ने रहर हुँदाहुँदै पनि गाउँमा उच्च शिक्षाको व्यवस्था नहुँदा आफ्नो पढाईको यात्रालाई माद्यामिक तह मै सीमित राखे । आफुले माद्यामिक तह उत्तिर्ण गरेका सबै प्रमाण पत्रहरुलाई बाकसमा थुपारेर अहिले दिनभरी अर्कैको काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका छन् ।
यस्तै, सोही ठाउँका स्थानीय प्रेमराज विकले माद्यामिक तह अध्ययन गर्दागर्दै विद्यालय छोडेको अहिले नौं वर्ष पुरा भयो । पढाईमा मात्र नभई खेलकुदमा पनि निकै रुची राख्थे । उच्च शिक्षा हाँसिल गर्ने सपना बोकेका विकले कक्षा १२ को परिक्षा फारम लगाउने शुल्क नहुँदा आफ्नो शैक्षिक यात्रालाई माद्यामिक शिक्षामा मात्र सीमित राखे ।
आफुले १२ बर्षसम्म अध्ययन गरेका सबै प्रमाणहरुलाई घरको वाकसमा थुपारी राखी नेपाल सहित छिमेकी मुलुक भारतका विभिन्न स्थानहरुमा ज्याला मजदुरीको काम गरेर आफ्नो परिवार पालिरहेका छन् ।
गाउँपालिकाले ईन्जिनेयर,एम.वी.वी.एस.पढाउने नीति ल्याए पनि दलित समुदायका विद्यार्थीहरुलाई यो नीतिले छोएको छैन् । यो नीति गरिब,जेहेन्दार विद्यार्थीहरुका लागि नभई पहुँच हुनेहरुका लागि ल्याएको जस्तै भएको छ । बारेकोट गाउँपालिका भित्रका दलित विद्यार्थीहरु मात्र नभई गैरदलित विद्यार्थीहरुमा पनि उच्च शिक्षाको पहुँचमा पुग्न सकेका छैन् ।
गाउँपालिका भित्र उच्च शिक्षा पढाई हुने विद्यालय नहुँदा बारेकोटका धेरै विद्यार्थीहरुको उच्च शिक्षा हाँसिल गर्ने सपना सपनामा मात्रै सीमित भएको छ । आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरुले अन्य स्थानहरुमा पुगेर उच्च शिक्षा हाँसिल गर्न सकेनन् ।
सोही ठाउँकी कविता विकले माद्यामिक शिक्षा उत्तिर्ण गरेकी छन् । २०७७ सालमा श्री वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयबाट (कक्षा १२) माद्यामिक तह उत्तिर्ण गरेकी हुन् । उनी अहिले उच्च शिक्षा पढ्ने सपना बोकेर सदरमुकाम खलंगामा आएकी छन् । गाउँ मै उच्च शिक्षा अध्ययन गर्ने विद्यालयको व्यवस्था भएमा जिल्ला सदरमुकाम आउनु पर्ने वाध्यता हुँदैन थियो ।
उनले भनिन्, ‘गाउँपालिकामा उच्च शिक्षा पढ्ने विद्यालय छैनन्, बाहिर गएर पढ्न सक्ने पैसा हुन्न्, त्यसैले पढाई स्थगित गर्नुपरेको छ ।’
उनीहरु मात्र नभई वि.स. २०६८ साल देखि अहिले सम्म एक हजार विद्यार्थीले माद्यामिक शिक्षा (कक्षा १२) उत्तिर्ण गरेका वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहले बताए । उनका अनुसार गाउँपालिका भित्र उच्च शिक्षाको अध्ययन गर्ने बिद्यालय नुहँदा माद्यामिक शिक्षा (कक्षा १२) उत्तिर्ण गरेका एक हजार विद्यार्थीहरु सबै उच्च शिक्षाको पहुँचमा पुग्न सकेका छैनन् । उच्च शिक्षाको अध्यापन गराउनका लागि पहल भई रहेको छ ।’
नेपालको संविधान २०७३ को धारा ४० को उपदफा २ मा दलित विद्यार्थीलाई प्राथामिक शिक्षा देखि उच्च शिक्षा सम्म निःशुल्क शिक्षाको व्यवस्था भएन पनि बारेकोट गाउँपालिकाका दलित विद्यार्थीलाई यो व्यवस्थाले नछाएको बारेकोट २ स्थानीय भीमबहदुर नेपालीले बताए । उनले भने ‘सरकारले गरेको व्यवस्था कागजमा मात्र सीमित भएको छ । व्यावहारिक रुपमा लागु हुन सकेको छैन् ।’
। २२ पुष २०७९, शुक्रबार