१४ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

May be an image of fruit
जाजरकोट । जिल्लामा १४ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइका अनुसार जाजरकोटमा गत वर्ष भन्दा यस वर्ष १४ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष सुन्तलाको लागि चाहिने अनुकुल वावतावरण भएको कारण सुन्तलाको उत्पादनमा वृद्धि भएको परियोजना इकाइ कार्यालयका प्रमुख दिपेन्द्र पोख्रेलले जानकारी दिए । दशैको बेला परेको पानीले सुन्तलालाई निकै फाइदा पु¥याएको प्रमुख पोख्रेलले बताए । पोख्रेलका अनुसार गत वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनको क्षेत्रफल बढेको कारण पनि यसको उत्पादनमा वृद्धि भएको हो ।

गत वर्ष जाजरकोट जिल्ला भरि ५ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला रोपिएको थियो । त्यस्तै, ५ हजार १ म्याक्ट्रिक टन बराबर सुन्तला उत्पादन भएको थियो । तर यस वर्ष सुन्तलाको उत्पादन बढेर ६ हजार ९५ म्याक्ट्रिक टन भएको छ । यो जिल्लाकै अहिलेसम्मकै बढि उत्पादन हो । यस वर्ष सुन्तला जोन क्षेत्र ५५ हेक्टर क्षेत्रफलले वृद्धि भएसंगै कुल ६ सय ५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको हो ।

तपाईको प्रतिक्रिया