काठमाण्डाैं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरित व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार बहालवाला तथा पूर्व कर्मचारी÷सुरक्षाकर्मीहरूले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने छन् ।
। १२ पुष २०७९, मंगलवार