काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदका दुवै सदनको बैठक आह्वान गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी पुस २५ गते दिउँसो १ बजेका लागि दुवै संसदको बैठक आह्वान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोमित संसदका दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । यसअघि हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसमक्ष संसदको अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
। १२ पुष २०७९, मंगलवार