अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ


जाजरकोट । विद्यार्थीहरुको आन्तरिक क्षमता अभिृद्धिका लागि अन्तर विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको छ । कारितास अष्ट्रेलिया, अष्ट्रेलियन एड, को सहयोगमा कारितास नेपाल र युवा जागरण विकास केन्द्र नेपाल – यार्सन ) जाजरकोटको साझेदारीमा सन्चालित नेपाल जिवीकोपार्जन तथा उत्थानशीलता कार्यक्रम अन्तरर्गत बालबालिका तथा युवा सशक्तिकरण,परियोजनाको आयोजनामा शिव माध्यमिक विद्यालय भेरी नगरपालिका वडा नं १ कालेगाउँमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

माध्यमिक तह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा तीन वटा विद्यालयका छ वटा समुहको सहभागिता रहेको थियो । जसमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समिति जाजरकोट, भेरी नगरपालिका शिक्षा,य्वा तथा खेलकुद शाखा र सामाजिक विकास कार्यालय जाजरकोटको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा त्रिभुवन मा.वि. खलंगामा रहेको शान्ति वाल क्लव का विनु वि.क., भवानी खत्री र प्रविन रावतको समुह प्रथम, भेरी त्रिवेणी मा.वि. रिम्नाका कोमल विन्दु राना, धर्मराज राना र शेर वहादुर पुनको समुह तृतिय र शिव मा.वि कालेगाउँमा रहेको नव श्रीजनशिल शान्ति बाल क्लवका सुनिता रेग्मी, निर्मला वली र किरण वलीको समुह तृतिय स्थान हासिल गरेका छन ।

प्रथम , दितृय, तृतिय र अन्य सहभागिहरुलाई प्रमाण पत्रका साथै सामान्यज्ञान, कापी ,कलम पुरुस्कार स्वरुप उपलव्ध गराइएको थियो ।
यार्सन जाजरकोटको कार्यक्रम अन्तरगत गठित वाल क्लवले नियमित रुपमा विद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरु आयोजना गर्दै आइरहेको छ । अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलापले एक अर्का विद्यालयका वाल क्लवका वालवालिकाहरु विचको समवन्ध आदान प्रदान तथा क्षमता अभिवृद्धिका लागि अन्तरविद्यालय स्तरिय प्रतियोगिताको आयोजना गरिएको यार्सन जाजरकोटका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेतले जानकारी दिए ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका जय वहादुर खत्री, नागरिक अगुवा राजेन्द्र विक्रम शाह, यार्सनका जिल्ला कार्यक्रम प्रवन्धक सहदेव बस्नेत, डिजिटल अनलाइका प्रवन्धक दीप वहादुर घर्ती, विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थी गरी २ सय जनाको सहभागिता रहेको थियो । नागरिक अगुवा राजेन्द्र विक्रम शाहले अन्तर विद्यालय स्तरिय प्रतियोगिताले बालबालिकाहरुलाई प्रतिभा प्रस्फुटनको साथै एक अर्का विद्यालयको अवलोकन गर्ने अवसर सिर्जना गरेको बताए । यस्ता खाले कार्यक्रमलाई नियमित रुपमा एक अर्का विद्यालयमा आयोजना गर्दै जानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया