वडा कार्यालय भवन निर्माण कार्य अलपत्र

No description available.

जिल्लाको छेडागाड नगरपालिकामा वडा कार्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ । ठेक्केदारको चरम लाप्रवाहीका कारण उक्त भवन निर्माण कार्य अलपत्रमा परेको हो । अलपत्र पर्नेमा छेडागाड नगरपालिका ११ नं. वडा कार्यालयको भवन रहेको सोही वडाका वडाध्यक्ष लोकेन्द्र बहादुर थापाले बताए ।

उनले भने ‘गाउँलेहरुको सहयोगमा पहिलो तलामा छत हाल्ने कार्य सम्पन्न भए पनि झ्याल ढोका बनाउने, वालहरुमा सिमेन्ट लगाउने, रंङ रोगन गर्ने, शौचालय निर्माण गर्ने र फिनिसिङको काम हुन सकेको छैन् ।’

उक्त भवन निर्माण कार्य निवर्तमान वडाध्यक्ष चक्रबहादुर सिंहको कार्यकालमा सम्पन्न गरिसक्नुपर्ने भएपनि तत्कालीन वडाध्यक्ष सिंह सहितको ठेक्केदारको चरम लापरबाहीले गर्दा भवन निर्माण काम अलपत्र परेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार ‘केही निर्माणका सामाग्री चोरी भइसकेका छन ।’

उक्त भवनमा आर्थिक बर्षको सुरुवात सँगै कार्यालयको कामकाज गर्नुपर्ने हो तर भवन हालत गाई गोठमा परिणत भएको छ । पटक—पटक फोनमा वार्ता गरि सुचना गर्दापनि ठेक्केदारले रकम नभएको भन्दै टालमेल गर्दै निर्माणप्रति बेवास्ता गरेका छन् । यता नगरपालिकाले भवन निर्माण भइसकेको भन्दै वडा कार्यालयले पाउने घरभाडाको रकम कटौती गरिसकेको वडाध्यक्ष थापाले बताए ।

No description available.
उनले भने ‘मैले गर्ने काम कार्वाही गरिरहेको छु । भवन निर्माणको लागि जवाफदेही हुने मेरो कर्तव्य हो तर पुरानो सरकारले गरेका ठेक्का सम्झौता मलाई पुर्णतया थाहा छैन तै पनि ठेक्केदारलाई कानुनको दायरामा ल्याएर भएपनि निर्माणको अधुरो काम पुस महिना भित्र सक्ने गरी सुचना जारी गर्छु ।’
यता वडा कार्यलयको कार्यसम्पादन नयाँ भवनमा छिटोभन्दा छिटो गर्नु पर्छ भन्दै स्थानीय बासिन्दाले स्थानीय सरकार प्रति आक्रोशित पोखिरहेका छन् ।

तपाईको प्रतिक्रिया