जन्मदिनमा दलित बालबालिकालाई शैक्षिक सामग्री


जाजरकोट । अमेरिकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले आफनो जन्मदिनको अवसरमा जाजरकोटका साहाराविहिन वालवालिकाहरुलाई विभिन्न पढाइ सहयोग सामाग्रीहरु दिएकी छिन् । जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर १३ कार्कीगाउँ चैतेटाकुराका चार दलित वालवालिकाहरुलाइ समाजसेवी थापाले विद्यालय पोषाक, कापी,कलम किताव, झोला, न्यानो, जुत्ता लगाएतका सामाग्रीहरु दिएकी हुन् ।

नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष तथा जयचन्द्र मिडिया ग्रुप प्रालि जाजरकोटका सन्चालक जनक केसीको समन्वयमा थापाको सहयोगमा उपलव्ध सामाग्रीहरु विहिवार स्थानीय नारायणी माद्यामिक विद्यालयमा आयोजित कार्यक्रमका विच उक्त समाग्रीहरु वितरण गरिएको हो ।

जयन्तीको जन्म दिनको अवसरमा जयचन्द्र मिडिया ग्रूप प्रालिले नारायणी माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरेको कार्यक्रममा उक्त पढाइ सहयोग सामाग्रीहरु उक्त विद्यालयका प्रधानाध्यापक गणेशकुमार वस्नेतले ती वालवालिकाहरुलाइ हस्तान्तरण गरे । कार्यक्रममा वोल्दै प्रधानाध्यापक वस्नेतले सात समुद्र पारि भएर पनि नेपाली माटो र जाति प्रति सेवा भाव राख्ने जयन्ती सवैका लागि प्रेरणाको श्रोत भएको वताए । उनले जयन्तीलाइ जन्म दिनको अवसरमा शुभकामना दिदै उनको मानवताप्रेमी कर्मको सफलताको कामना गरे ।

यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ जाजरकोटका पुर्व अध्यक्ष एवम नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जनक केसीले जयन्तीले गरेको दिनदुखीको सेवा र सहयोगका कार्य प्रशंसनीय रहेको वताए । उनले जयन्तीलाइ जन्मदिनको अवसरमा शुभकामना दिदै उनको काम सवैका लागि सिकाइको श्रोत भएको वताए । यस्तै सोहि कार्यक्रमा नेपाल शिक्षक संघ कर्णाली प्रदेश समितिका अध्यक्ष इलमवहादुर शाहीले युवा समाजसेवी जयन्ती थापावाट सवैले असल कुरा सिक्नु पर्ने वताए । विदेशी भुमिवाट पनि आफनो जन्मभुमिको लागि सकरात्मक तथा सिर्जनात्मक भएर योगदान गर्नु निकै राम्रो कुरा भएको अध्यक्ष शाहीले वताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका सदस्य सरोज वली, नेपाल पत्रकार महासंघ जाजरकोटका सहसचिव पवन शर्मा, नारायणी माध्यमिक विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु लगाएतका अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो । चार वर्ष अघि देखि आमा वुवा दुवै गुमाएका कार्कीगाउँ चैते टाकुराका प्रतिभा परियार, जय परियार, पुष्पाा परियार र सन्तोष परियारलाइ समाजसेवी थापाले आफनो व्यक्तिगत सहयोगमा पढाइ खर्च वेहोरिरहेकी छिन् । प्रतिभा नारायणी माध्यमिक विद्यालयको कक्षा १२मा, जय कक्षा ९ मा, पुष्पा कक्षा ८ मा र सन्तोष कक्षा ६मा पढ्छन् ।

जयन्तीले नारायणी माविकाम ४ जना र त्रिभुवन माध्यमिक विद्यालय खलंगामा एक जना गरि पाँच जना सहारा विहिन वालवालिकाहरुलाइ पढाइमा सहयोग गरिरहेकी छिन् । उनले जाजरकोट लगाएत रुकुम, सुर्खेत, दैलेख लगाएतका जिल्लाका दुइ दर्जन वढी वालवालिकाहरुलाइ आफनो व्यक्तिगत खर्चमा पढाइको लागि सहयोग गरिरहेकी छिन् । आफु जन्मनुको सार्थता देखाउन समाजसेवामा लागेको जयन्ती थापा वताउछिन् । आफु विदेशमा भए पनि नेपाली माटो र नेपाली जाति प्रतिको माया कहिले नमरेका कारण समाजसेवाको वाटोमा लागेको थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया