सल्यानको एक विद्यालयका १९ विद्यार्थीमा कोराना पुष्टी

No description available.
नवीन पुन
सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुला स्थित सिद्धेश्वरी माद्यामिक विद्यालयका १९ जना विद्यार्थीमा कोरोना पुष्टी भएको छ । एकै पटक धेरैले विद्यार्थीहरु विरामी परेपछि परीक्षण गर्दा १९ जना विद्यार्थीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक वासुदेव पोखरेल सहितको टोलीले एन्टिजेन विधीबाट ९९ जनामा कोरोना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको प्रधानाध्यापक थमन बहादुर केसीले बताए ।

उक्त विद्यालयका १०० भन्दा बढी विद्यार्थी बिरामी परेको खबर बाहिरिएसँगै ‘विद्यार्थीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने ,रुघाखोकी लगायतका समस्या देखिएको विद्यालयले जानकारी गराएपछि बुधबार नगर स्वास्थ्य शाखा संयोजक पोखरेल सहितको टोली स्वास्थ्य परीक्षणका लागि विद्यालयमा पुगेको थियो हाल भने विद्यार्थीको अबस्था सामान्य रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया