त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ।

उनको कार्यकक्षमा तोडफोड गर्दै कुर्सीमा जुत्ताको माला लगाएपछि प्रहरीसँग झडप भएको छ। ताला खोले पनि उपकुलपति कार्यालयमा नआएको भन्दै नेविसंघले उनको कुर्सीमा जुत्ताको माला लगाएर विरोध गरेको हो।

उपकुलपतिले भने नेविसंघले ताला नखोलेका कारण कार्यालयमा नगएको बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया