अस्पताल व्यवस्थापन समिति जाजरकोटको अध्यक्षमा सिंह मनोनित


जाजरकोट । ५० शैयाको जाजरकोट अस्पतालले डेढ वर्षपछि अस्पताल विकास समितिको अध्यक्ष पाएको छ ।

जिल्ला अस्पतालमा विकास समिति अध्यक्ष करिब दुई वर्षदेखि खाली रहँदा अस्पतालका आर्थिक, प्रशासनिक, भौतिकलगायत कामकाजमा समस्या भएको थियो ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको मिति ०७९ भाद्र ०१ को निर्णयअनुसार छेडागाड नगरपालिका निवासी डम्बर बहादुर सिंह ठकुरीलाई जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो ।

यसभन्दा पहिले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष धर्मशिला बस्नेतको कार्यकाल सकिएको दुइबर्षपछि       सरकारले चार बर्षका लागि सिंहलाई मनोनित गरेको हो ।

No photo description available.

तपाईको प्रतिक्रिया