जनताको सेवा नै जनप्रतिनिधिको कर्तव्य हो : वडाध्यक्ष थापा

राजन न्यौपाने
जाजरेकोट । जिल्लाको छेडागाड नगरपालिकाको एक वडामा सामाजिक सुरक्षा भत्ता लिन आउने जेष्ठ नगरिकलाई गाडीको व्यवस्था गरिएको छ । छेडागाड नगरपालिका ६ को विभिन्न स्थानबाट सामाजिक सुरक्षा भत्ता लिन आउने अपांग तथा जेष्ठ नागरिकहरुलाई गाडीको व्यस्था गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता लिन आउँदा घण्टौं पैलत यात्रा गर्नु पर्ने बाध्यताको विकल्पका रुपमा वडाध्यक्षले गाडीको व्यवस्था गरेका छन्, उनको यो काम प्रति आफुहरु निकै सुखी भएको स्थानीयहरुको भनाई रहेको छ । स्थानीयका अनुसार ‘अध्यक्ष थापाले वडा कार्यालयका अन्य कार्माचारीहरुलाई साथमा राखी दिन भरी उनी नागरिकहरुसंग बैकमा नै थिए ।’

जनताको सेवा गर्नु नै जनप्रतिनिधिको कर्तव्य हो । त्यसैले हामीले पनि अपांग तथा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लिन आउन सहज गर्नको लागि वडा कार्यालयद्धारा निःशुल्क गाडीको व्यवस्था गरिएको छेडागाड नगरपालिका ६ का वडाध्यक्ष भक्त बहादुर थापाले बताए ।

थापाका अनुसार ‘उक्त निःशुल्क गाडीको सेवा १ सय ५७ जना नागरिकले लिएका छन् भने बाँकी छुटेकाहरुलाई पनि निःशुलक सेवा दिईने छ ।’

तपाईको प्रतिक्रिया