
पत्रकार वसन्त पोखरेलको निधन भएको छ । बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवास बुटवल–१३ बेलबासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।
प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन् ।
विसं २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् । हाल बुटवलको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहेका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।
















































। ३१ श्रावण २०७९, मंगलवार