अवैध गाँजाका बोटहरु नष्ट


जाजरकोट । प्रहरीले अवैध गाँजाका बोटहरु नष्ट गरेको छ । जिल्लाको नलगाड नगरपालिका ७ स्थित बगरामा अन्दाजी ४ रोपनी र कुसे गा.पा.५ स्थित दमदला अन्दाजी १ रोपनी गरी जम्मा ५ गरी जग्गामा रहेको गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

ईलका प्रहरी कार्यालय दल्ली र प्रहरी चौकी पाँचकाटियाबाट खटिएको प्रहरी टोलीले प्राकृतिक रुपमा उमिग्रएका बोटहरु स्थानीय जनप्रतिनिधी सहित सरोकारवालाहरुको उपस्थितिमा नष्ट गरेको हो ।

तपाईको प्रतिक्रिया