
खलंगा । जाजरकोटमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय बडाबन जाजरकोटबाट खटिएको प्रहरी टोलीले छेडागाड नगरपालिका ५ स्थित तलि र अस्थाई प्रहरी पोष्ट ठाँटीबाट खटिएको प्रहरी टोलीले भेरी नगरपालिका ३ स्थित ठाँटी बजारमा अवैध घरेलु मदिरा विक्रि वितरण भईरहेको छ भन्ने खबर प्राप्त भए पश्चात उक्त स्थानमा गई खोजतलास गर्दा अवैध घरेलु मदिरा अन्दाजी ८० लिटर र मदिरा बनाउने कच्चा पदार्थ अन्दाजी १८ लिटर लुकाई छिपाई राखेको अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधि, समाजसेवी तथा बुद्धिजिविहरुको रोहवरमा रितपुर्वक बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
















































। २८ श्रावण २०७९, शनिबार