सल्यानमा जंगली च्याउ खादा दुई परिवारका ८ बिरामी

नवीन पिएम

सल्यान । जंगली च्याउ खाएर सल्यानमा शारदा नगरपालिकामा एकै परिवारका ४ र बनगाड कुपिन्डे नगर पालिकामा एकै परिवारका ४ जना गरि जम्मा ८ जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिरामी पर्नेमा शारदा नगरपालिका वडा न. ४ साइलाकम्तकी ४० वर्षीया हिमा बस्नेत, छोरी २५ वर्षीया पार्वती बस्नेत, छोरि ४ वर्षीय जोसना बस्नेत र ९ वर्षीय छोरा जोन बस्नेत बिरामी परेका हुन |
भने यता बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका हुन्।

जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

शुक्रबार साँझ जंगली च्याउ खाएरका उनिहरु बिरामी भएका मध्य। शरदा नगरपालिकाकी ४ वर्षीया जोशनाको अवस्था गम्भीर रहेको ।र अन्यको अवस्था सामान्य रहेको बताइएको छ |

तपाईको प्रतिक्रिया