
सोच्ने गथ्र्ये प्रदेशमा पैसाको रुख हुन्छ
मेलापात जानुछैन त्यहाँ धेरै सुख हुन्छ
के थाहा थियो मरुभूमीमा गर्मी पनि खुव हुन्छ
रात दिन खट्नुपर्छ सम्झदा मन रुन्छ ।
साठ्ठी डिग्री घाम संगै पसिनाको भेल हुन्छ
दायाँ वायाँ गर्नै हुन्न वेकसुर मै जेल हुन्छ ।
भावनाको कदर हुन्न अभद्रको खेल हुन्छ
कस्ले बुझ्ने हाम्रो बेदना धरधरी मन रुन्छ ।
गाउँमा भने केही नगर्ने भन्छ विदेश कमाउँछु
विदेश गई भन्छ फेरी धेरै पैसा जमाउछु ।
पैसा ल्याई गाउँमा आई सबैसंग रमाउँछु
सोचो जस्तो कहाँ मिल्छ त्यही भया मन रुन्छ ।
एकातिर ऋणको भारी अनी अर्को तिर घरको चिन्ता
कुन दिन प्राण टुगिंने हो थाहा नै छैन् धनको पछि हिन्दा
घरको पीर नी लागिरहन्छ यता वोसको धम्की
नत हिड्नु आफ्नो सुरमा यहाँ न त वोल्नु चम्की ।
लंक वहादुर नेपाली ‘भिमसेन’
बारेकोट गाउँपालिका २, जाजरकोट
हाल कतार
















































। २१ श्रावण २०७९, शनिबार