भारतको नाशिकमा सल्यानकी एक महिला रुखमा झुन्डिएको अबस्थामा मृत फेला


नविन पिएम
सल्यान । भारतको महाराष्ट्र नाशिकमा सल्यानकी एक महिलाको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको छ ।
आज शनिवार विहान करिब ७ बजे सल्यान पश्चिमको बनगाड कुपिन्डे नगरपालिका वडा नम्बर ५ राउचेकी अन्दाजी ४१ बर्षीय देबि रावतको आफ्नै रुम नजिकैको आँपको रुखमा झुन्डिएको अवस्थामा मृत्यु फेला परको मृतकका आफ्न्त दिपक क्षेत्रीले जानकारी दिए ।

मृतक रावत आफ्नो श्रीमान हिरालाल संगै वैदेशिक रोजगारीको शिलशिलामा नाशिकमै वस्तै आएको बताइएको छ शबलाइ पोस्टमार्टम गर्न अहिले सिभिल अस्पतालमा लगेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार उनका १ छोरा र १ छोरी रहेको र मानशिक तनाब नै आत्मा हत्याको कारन हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया