विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी १२ बर्षपछि पक्राउ

May be an image of 3 people, people standing and outdoorsजाजरकोट । विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ बर्षपछि पक्राउ गरेको छ ।
जिल्ला अदालत जाजरकोटको २०६७ पौष १६ गते गरेको फैसलाले विस्फोटक पदार्थ कसुर मुद्दामा वीस हजार रुपैयाँ जरिवाना भएका तुलसी बहादुर रोकाय भन्ने भीमबहादुर रोकायलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार विहान ६ बजेको समयमा जिल्लाको छेडागाड नगरपालिका १२ कार्कीगाउँमा फेला पारी रितपुर्वक पक्राउ गरी आवश्यक कारवाहीका लागि अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

तपाईको प्रतिक्रिया