वडाध्यक्षलाई खुकुरी प्रहार गर्ने दुई जना पक्राउ

May be an image of 4 people, people standing and outdoors
जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिका ६ का वडाध्यक्ष डम्बरबहादुर महतारा माथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय अविनास नेपाली र टेकेन्द्र नेपालीलाई मंगलबार साँझ सात बजेको समयमा कुशे गाउँपालिका ५ बाटुले स्थित बाटोमा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

साउन ९ गते विहान ७ बजेको समयमा आफ्नै निवासमा बसिरहेका वडाध्यक्ष महतारा माथि खुकुरी प्रहार गर्नुका साथै निर्घात कुटपिट गरी उनीहरु फरार भएका थिए ।

प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत जाजरकोटमा ज्यान मार्ने उद्योग कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घाइते वडाध्यक्षको टाउकोमा सात वटा टाँका लागेको र हाल कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

यस्ताे थियाे घटना 

बारेकोटमा वडाध्यक्ष माथि निर्घात कुटपिट, खुकरी प्रहार

तपाईको प्रतिक्रिया