सहिद स्मृति युवाक्लवद्धारा चार जना खेलाडी सम्मानित

No description available.

खलंगा । सहिद स्मृति क्लवद्धारा जाजरकोटका चार जना खेलाडी सम्मानित भएका छन् । जारकोटबाट राष्ट्रिय टिममा छनोट भएका भेरी नगरपालिका १ का विभिन्न विधा चार जना खेलाडी सम्मानित भएका हुन् ।

सम्मानित हुने भेरी नगरपालिका १ का अर्जुन विक,झरनबाा केसी, धन बहादुर शाही,सुमन परियार रहरेको सहिद स्मृति क्लव जाजरकोट अध्यक्ष प्रेम विश्वकर्मले बताए ।

उनका अनुसार सहिद स्मृति युवा क्लव, भेरी त्रिवेणी युवा क्लव र शिव नगर युवा क्लव भेरी नगरपालिका १ जाजरकोटको आयोजकमा मंगलबार सम्पन्न भएको वडाध्यक्षसंग युवा अन्तरक्रिया कार्यक्रमका विचमा खेलाडीहरुलाई सम्मानित गरिएको हो ।

उक्त कार्यक्रममा भेरी नगरपालिका १ का वडाध्यक्ष,त्रिवेणी युवा क्लवका अध्यक्ष, शिव नगर युवा क्लवका अध्यक्ष लगायत अन्य अथितिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया