राष्ट्रिय भुमि आयोग र भेरी नगरपालिकावीच सम्झौता

May be an image of 6 people, people sitting, people standing and indoor
जाजरकोट । राष्ट्रिय भूमि आयोग र भेरी नगरपालिका वीच सम्झौता भएको छ । नगरप्रमुख चन्द्रप्रकाश घर्ती आयोगको केन्द्रीय कार्यालय ताहाचल काठमाडौं पुगि सम्झौता गरेका हुन् ।

नगरपालिका भित्रका भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने गरी सम्झौता गरिएको नगरप्रमुख घर्तीले बताए ।
उनले भने, ‘गाउँपालिका भित्रका भुमिहीन दलित, सकुम्वासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन कार्य तिव्ररुपले अगाडि बढ्नेछ ।’

यस्तै, जिल्लाको जुनीचाँदे र बारेकोट गाउँपालिकाले पनि सम्झौता सम्झौता गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया