दिपेन्द्र शर्मा
जाजरकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ घर भएकी प्रतिमा बिकलाई ४ दिन देखि सुत्केरी बेथा लागेको थियो । आठबिसकोट अस्पतालमा सुत्केरी हुन नसकेपछि चौरजहारी अस्पताल जाने क्रममा बेथाले च्यापेपछि जाजरकोटको मटेला पुल नजिकै दमार रोडको वीच बाटोमै छोराको जन्म दिईन् ।
सङ्गिनी सपना शर्माले सफलता पुर्वक खुल्ला बाटोमा सुत्केरी बनाएकी हुन् । बाटोमै सुत्केरी भई छोराको जन्म भएको स्थानीय माया बस्नेतले जानकारी दिईन् ।

उनका अनुसार, आमा र छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छ । नगरपालिकामा एम्बुलेन्सको व्यवस्था नहुनु कस्तो स्थानीय सरकार हो ? भन्दै स्थानीय हरुले प्रश्न गरिरहेका छन् ।

















































। १० श्रावण २०७९, मंगलवार