
जाजरकोट । अवैध रुपमा नदीजन्य वस्तु उत्खनन् गरि ओसारपसार गर्ने तीनवटा ट्याक्टरलाई जाजरकोट प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार भेरी नगरपालिका वडा नं. –४ स्थित बसपार्क सडक खण्डमा भे १ त ७३५० , भे १ त १६३७ र भे २ त १६७४ नं.का ट्याक्टरहरुले गिट्टी लिई तल्लो थाप्ले तिर गइरहेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको स्वीकृत टेन्डरबाट स्टक प्रमाणित नगराई तथा गैर कानूनी रुपले नगरपालिका भित्रका विभिन्न क्षेत्रबाट आगामी आर्थिक वर्षको टेन्डर स्वीकृत नभए सम्मको लागि ओसारपसार एवं विक्री वितरण गर्ने कार्य पुर्ण रुपमा बन्द गर्ने र उल्लेखित कार्य गरे गराएमा दण्ड जरिवाना गर्ने भनि निर्णय भए बमोजिम ती ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।
ती तिनवटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागि गिट्टी सहित भेरी नगरपालिकाको कार्यालयमा पठाईएको प्रहरी निरीक्षक पन्तले बताए ।
















































। ६ श्रावण २०७९, शुक्रबार